तुलसीपुर । प्रतिभाका धनी गायक तथा संगीतकार अमित बाबू रोकायको श्वरमा प्रदेशीको बेदनाले भरिएको अर्को लोक दोहोरी गीत बजारमा आएको छ । गायक तथा संगीतकार अमीत बाबू रोकाय र जमुना सिर्पाईलीको सुमुधुर स्वरमा ‘महिनौ बिते’ दोहोरी गीत बजारमा आएको छ । गणेश बुढा मगरले बजारमा ल्याएको यो गीतमा गणेशले नै शब्द शिर्जन गरेका छन्, भने अमित बाबुले लय गरेका हुन् । अहिले यो गीत सबत्र बजारमा उपलब्ध छ ।
यो गीत सञ्देश मुलक भएकाले सबै नेपाली तथा प्रदेशीले एकपटक सुन्नै पर्ने उनले बताए । यस गीतमा श्रीमान प्रदेशमा जाँदा श्रीमतिले गाउमा एक्लै जीवन बिताउदाको पीडा प्रस्तुत छ । साथै बिदेशमा नेपालीहरुले कसरी जीवन बिताईरहेका छन् भन्ने बिषयमा पनि गीतले बोलीरहेको छ । बुर्तिबाङ् म्युजिकले बजारमा ल्याएको यस गीत बजारमा आएसंगै अत्यधिक माग बढेको शब्द संकलक गणेशले प्रतिक्रिया दिए ।
प्रदेशमा रहेका सबै नेपालीहरुले यस गीतलाई बिभिन्न माध्यामबाट उपलब्ध गराईदिन भन्दै म्यासेज आउने गरेको उनी दावी गर्छन् । अहिले यस गीतमा शब्द, लय मार्मिक भएको तथा सञ्देश मुलक भएकाले पनि श्रोता तथा दर्शकहरु बढेको गायक अमितबाबुले बताए । गीतमा छुट्ने मन नहुँदा नहुदै पनि बाध्यताले टाढा हुनु परेको र लामो समय सम्म भेट नहुँदा आफ्नो जीवन मायालुलाई कुरेरै बिताएको जस्ता मार्मिक शब्द छन् ।
यसको भिडियो पनि बजारमा आएको छ । जस्मा निर्देशन नारायन ढकालले गरेका छन् भने चर्चित मोडल सारीका केसी र सुमन खतिवडाले अभिनय गरेका छन् । रुकुम घर भएका अमितबाबु प्रदेशमा रहेर नेपाली गीत संगीत बजारमा ल्याउने गरेका छन् । उनले गीत संगीतलाई प्रदेशमा नेपालीहरुको बेदन पोख्ने माध्याम बनाएका छन् । फलस्वरुप अहिले सम्म उनले प्रदेशका करिब एक दर्जन गीत बजारमा ल्याएका छन् ।
उनी मार्मिक लय बनाउने तथा श्वरका धनी भनेर पनि चर्चामा आउन थालेका छन् । दर्शकहरुले उनको कलालाई निकै रुचाउने गरेका छन् । उनले मार्मिक गीत पनि बजारमा ल्याएका छन् भने नचौ नाचौ लाग्ने गीत पनि बजारमा ल्याएका छन् । उनी आधुनिक गीत गाउन पनि पछि पर्दैनन् । आधुनिक गीत गाउन पनि उनको श्वरले साथ दिन्छ । उनी आधुनिक गीत पनि गाउन खप्पिस छन् ।
