दाङ, २३ माघ । मध्यपस्चिमाञ्चल स्तरीय नृत्य बिद्याको महासंग्राम डान्स आईकन दाङ (डिआईडी) को डान्स आईकन तुलसीपुरकी आसिका रजौरे बनेकी छिन् ।

ashikaघोराही निमा हलमा शनिबार भएको ग्राण्ड फिनालेमा अन्तिम १७ प्रतिस्पर्धीलाई पछि पार्दे रजौरेले डान्स आईकन बनेकी हुन् । बिजेता घोषणासंगै रजौरेले १ लाख ११ हजार एक सय ११ रुपैया, मोबाईल सेट, गिफ्ट ह्याम्पर र ५ वटा म्युजिक भिडियोका कन्ट्रयाक्ट हात परेकी छिन् ।

नृत्य बिद्याका कोरियो ग्राफर दिपक चौधरी र मोडल रिना थापा मगरको निर्णयमा रजौरेलाई बिजेता घोषणा गरिएको डान्स आईकन दाङका संयोजक बिष्णुकुमार देवकोटाले जानकारी दिएका छन् ।