दाङ २२ माघ । लक्ष्मीपुर नमुना गाविसको आयोजनामा बालमैत्रीका सुचकका बारेमा छलफल कार्यक्रम भएको छ । शिक्षक, अभिभावक र विद्यार्थीविच सुचकका बारेमा छलफल भएको थियो ।
गाविसले निकट भविश्यमा गाविसलाई बालमैत्री गाविस घोषणाको लागि अभियान चलाउँदै आएको छ । बालमैत्रीका बाल बचाउ, बाल संरक्षण, बालसहभागिता र बाल विकासका सुचकको वर्तमान अवस्था र अवको कार्यमा बालमैत्री सहजकर्ता इन्द्र डिसीले छलफल गराएका थिए । कार्यक्रममा ३० जनाको सहभागिता थियो ।
सरयुबाल क्बलका उपाध्यक्ष विजय खत्रीको अध्यक्षता एवम सरयु आधारभूत विद्यालयका प्रधानाध्यापक रोमहर्ष पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । गाविसस्तरीय महिला सञ्जाल अध्यक्ष पार्वता सुवेदीको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन गाविसका सामाजिक परिचालक हेमराज पौडेलले गरेका थिए । कार्यक्रम शुक्रवार भएको थियो ।
