priyasanघोराही, २२ माघ । प्रेस चौतारी नेपाल दाङले १९ औ स्थापन दिवस मनाएको छ । स्थापन दिवसको अबशरमा चौतारी योगदान पत्रकारीता पुरस्कार सबिन प्रियासनलाई प्रदान गरेको हो । दिबसका अबसरमा चौतारीका केन्द्रिय उपाध्यक्ष प्रियासनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

चौतारीका जिल्ला अध्यक्ष टीका बस्नेतको अध्यक्षतामा शनिबार एक कार्यक्रमको आयोजना गरि नेकपा एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्का, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अजयदिप शर्मा र प्रेस स्वतन्त्रता सेनानी शुसिल गौतमले उक्त चौतारी योगदान पुरस्कार प्रियासनलाई प्रदान गरेका हुन् ।

नगद दश हजार रुपैयाँ र सम्मान पत्रले प्रदान गरिएको छ । पुरस्कार प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाको पत्रकारीता, साहित्य र सामाजिक विकासमा प्रियासनको योगदानको चर्चा गरेका थिए । जिल्लाको पत्रकारीतालाई उत्कृष्ठ बनाउनका लागि सामाजिक मुद्धामा सञ्चार माध्यमहरु केन्द्रित हुनुपर्ने उनिहरुको भनाई छ ।

समाजको ऐनाका रुपमा रहेको सञ्चार क्षेत्रलाई बिश्वसनिय र जवाफ देहि बनाउन आबस्यक रहेको भन्दै बक्ताहरुले सामाजिक रुपान्तरणको एजेण्डालाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।