माघ २१, काठमाडौं । कर्णालीविकास आयोगकापदाधिकारीहरुले शुक्रबार प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डसँग भेट गरी कर्णालीविकासको १० वर्षे गुरुयोजनाको खाका प्रस्तुत गरेका छन् ।
शुक्रबार बिहानप्रधानमन्त्रीकार्यालय सिंहदरबारमाआयोगकाअध्यक्ष डा. चन्द्रकान्तपौडेल नेतृत्वको पदाधिकारी टिमले प्रधानमन्त्रीसँग भेट गरेको हो ।
भेटमाआयोगकापदाधिकारीहरुले कर्णालीविकासको १० वर्षे गुरुयोजनाबारे प्रधानमन्त्रीलाई अवगत गराएकाथिए । आयोगकाअध्यक्षपौडेलले यातायात, खाद्य संकट, शिक्षाको पहुँच, जडीबुटीको सदुपयोग र व्यवस्थापन, पर्यटन प्रवद्र्धन र कृषिमालगानीजस्ता सवालहरु कर्णालीविकासकाप्रमूखचुनौतिको रुपमा रहेको बताउँदै आयोगले बनाएको गुरुयोजनाकार्यान्वयनभए कर्णालीको गरिब १० वर्षमा २१ प्रतिशतमाझार्न सकिने प्रक्षेपण गरिएको बताउनु भयो ।
कर्णालीआयोगको गुरुयोजनाबुझ्दै प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले कर्णालीको विकासबारे गम्भीर भएर गुरुयोजनातयार गरेको भन्दै प्रधानमन्त्रीले आभार प्रकट गर्नुभयो ।
प्रधानमन्त्रीले आयोगको गुरुयोजनाअध्ययन गरेर मन्त्रीपरिषद बैठकमा यसबारे थप छलफल गर्ने र प्रस्तावित योजनाकार्यान्वयनकालागिमन्त्रालयलाई प्राथमिकतामा राखेर योजनाकार्यान्यवन गराउने जानकारी दिनुभयो ।
