माघ २१ बर्दिया । बर्दिया जिल्लामा २१ वटा राजनितिक दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन । जिल्ला निर्वाचन कार्यालय बर्दियाका निर्वाचन अधिकृत पवनकुमार शाहिले दिनु भएको जानकारी अनुसार गएको पौष २५ गते देखि माघ १७ गते सम्म दल दर्ताको लागी गरिएको आव्हानमा बर्दियामा २१ वटा राजनितिक दल दर्ता भएका छन ।
जिल्लामा नेपाली काग्रेस, नेकपा माओवादि केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टि , नेकपा एमाले , सदभावना पार्टि, तराइ मधेश लोकतान्त्रिक पार्टि , संघिय समाजवादि फोरम नेपाल, नेपाल सदभावना पार्टि (अनिलकुमार झा) , नेपाल दलित पार्टि ,नेपाल कम्युनिष्ट पार्टि माक्सबादि , मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक),नेपाल सदभावना पार्टि (सरिता गीरि), नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टि , जनजागरण पार्टि, नया शक्ति पार्टि नेपाल, नेपाल जनता पार्टि , नेपाल पुर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टि , युनाइटेड ग्रिन अर्गनाइजेसन पार्टि र नेपाल लोकतान्त्रिक जनता काग्रेस गरी २१ वटा दलहरु दर्ता भएको बताइएको छ ।
यी दलहरु मध्ये सवै भन्दा पहिले जिल्लामा नेपाली काग्रेसले दल दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।
