दाङ, २१ माघ । दाङको सुनपुरमा एक कार्यक्रमको आयोजना गरी २१ औ सिमसार दिवस मनाइएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले हाम्रो वरीपरि रहेका सिमसार क्षेत्र संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् ।
लक्ष्मीपुर—७ सुनपुरमा रहेको सुनपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तेजबहादुर डिसीको अध्यक्षता एंव जिल्ला वन अधिकृत सूर्यकान्त सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सिमसार क्षेत्र संरक्षण भएमा मात्रै पानी मुहान संरक्षित हुने भन्दै त्यसका लागि सरोकारवाला निकाय गम्भिर भएर लाग्नुपर्ने बताएका छन ।
पानीका मुहान संरक्षण गर्ने, वन अतिक्रमण तथा चरिचरण नियन्त्रण गर्ने, डढेलो लाग्न नदिने, वन पैदावारको चोरी तस्करी रोक्ने, बृक्षरोपण गर्ने लगायतका काम गरेमा मात्रै सिमसार क्षेत्र संरक्षण हुने सहभागिहरुले बताएका छन ।
लक्ष्मीपुर—७ सुनपुरमा रहेको सुनपुर सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा भएको कार्यक्रममा सुनपुरमा रहेको छरछरे दलको पनि अवलोकन गरिएको थियो । कार्यक्रममा सहायक वन अधिकृतहरु हरिप्रसाद गौतम र देविप्रसाद चौधरी सुनपुर सामुदायिक वन समूहका पूर्व अध्यक्षहरु भोलानाथ अधिकारी र नेत्रबहादुर महरा लगायतकाले आफना विचार राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला वन जिल्ला वन अधिकृत सिग्देलले उक्त दह संरक्षणकालागि दुई लाख रुपैया सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
