दाङ, २१ माघ । दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा दाङमा एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ प ६७४४ नम्बरको मोटरसाइकल र घोराहीतर्फ आउँदै गरेको रा ३ प ४८०१ नम्बरको मोटरसाइकल नारायणपुरमा गएराति ठोक्किदा त्रिपुर नगरपालिका— ६ हापुर रमनाका १८ वर्षे मनोज सुनारको ज्यान गएको प्रहरीले जनाएको छ ।
सुनार रा ३ प ४८०१ नम्बरको मोटर साइकलको पछाडि बसेका थिए । उनीसँगै सवार दुईजना हापुरकै १८ वर्षे कमल बुढाथोकी र १९ वर्षे जुनकुमार बुढा मगर गम्भीर घाइते भएका छन् ।
त्यस्तै तुलसीपुरतर्फ जाँदै गरेको मोटर साइकलमा सवार कोइलाबास–१ का ४३ वर्षे रमेशकुमार गुरुङ र उहाँकी छोरी नाता पर्ने १२ वर्षे सुस्मिता गुरुङ सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ
