काठमाडौ २१ माघ । मधेसी मोर्चा नेताहरुले भने संविधान संशोधन विधेयक टुंगो नलगाई चुनाव मिति घोषणा गर्न सरकार अघि सरेर धोका दिएको आरोप लगाएका छन् । उनीहरुले समझदारी भंग गर्ने काम सरकार आफैंले गरेको भन्दै अब वार्ता नगर्ने समेत चेतावनी दिएको ।
‘मोर्चासग जुन तीनबुदे सम्झौताको आधारमा यो सरकार गठन भएको थियो, त्यसलाई नै उल्लंघन गरी प्रधानमन्त्री चुनावमा जानुभयो,’ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने, ‘संविधान संशोधन विधेयक पारित नहुदासम्म र स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन फेरबदल नहुदासम्म हामी चुनावमा जादैनौं ।’ यादवले आयोगको प्रतिवेदनलाई घातक भन्दै मधेसमा त्यसको प्रतिकार हुने चेतावनीसमेत दिए ।
सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नगरी चुनाव घोषणा गर्ने तयारी गरेर सरकारले अनावश्यक समय र पैसा खेर फाल्न खोजेको भन्दै बहिष्कार गर्ने चेतावनी दिए । कान्त्पिुरमा खबर छ । ‘सरकारमा बस्ेनहरुलाई थाहै छ, संविधान संशोधन नहुन्जेल चुनाव घोषणा भनेको खर्च खेर फाल्ने कुरामात्रै हो,’ चन्द्रनिगाहपुरबाट महतोले टेलिफोनमा भने, ‘यसको कुनै अर्थ छैन ।’ सरकारसग वार्ताको सम्भावना भने अझै रहेको महतोको भनाई थियो ।
मोर्चाका अन्य नेताले पनि सरकारले बिहीबारको निर्णयबाट आफ्नो प्राथमिकता बदलेको भन्दै आलोचना गरेका छन् । उनीहरुले अहिलेकै अवस्थामा चुनावमा जान नसक्ने भन्दै आफ्नो अडान यथावत् राखे । तर मोर्चाभित्रकै केही दल भने विधेयक अघि बढाउने गरी चुनावको तयारी थाल्न मोर्चा तयार हुनुपर्ने मत समेत राख्छन् ।
