घोराही, १९ माघ । नेकपा एमाले दाङले आसन्न स्ववियु निर्वाचनलाई मध्यनजर गर्र्दै जिल्लातह र क्षेत्रगत रुपमा परिचालन कमिटी निर्माण गरेको छ । नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काको अध्यक्षता एवं पूर्व युवा विद्यार्थीको उपस्थिति रहेको भेलाले ति कमिटीहरु गठन गरेको हो ।
निर्वाचन परिचालनका लागि स्ववियु निर्वाचन परिचालन कमिटी, सल्लाहकार, अनुगमन समिति गठन गर्नुका साथै घोराही, तुलसीपुर र लमही क्षेत्रका लागि बेग्ला बेग्लै कमिटी गठन गरेको छ ।
जसमा नेकपा एमाले दाङका उप सचिव सुरामणि बेल्वासको संयोजकत्वमा उप संयोजक विवेक श्रेष्ठ सदस्यहरु विष्णु केसी, पदम केसी, घनश्याम न्यौपाने, सुरेश रावत, पवन रिजाल, मेघराज भुषाल, शान्ता अधिकारी र सदस्य सचिवको जिम्मेवारी अमित शर्मालाई दिइएको छ ।
यसैगरी स्ववियु निर्वाचन परिचालन कमिटीका गतिविधी अनुगमन गर्नका लागि केन्द्रीय कमिटीका सदस्य मेटमणि चौधरीको संयोेजकत्वमा एमाले दाङ जिल्ला अध्यक्ष टिकाराम खड्का, पूर्व जिल्ला अध्यक्ष लक्ष्मण आचार्य र पुर्व विद्यार्थी नेता शिवकुमार आचार्य रहेको समिति गठन गरिएको छ । सल्लाहकार कमिटीमा संयोजक विकिरण गौतम, सदस्यहरुमा बामदेव खनाल, शरद अधिकारी, श्याम डाँगी, मनोहर बुढाथोकी र विनोद केसीलाई चयन गरिएको छ ।
स्ववियु निर्वाचन परिचालनका लागि घोराही क्षेत्रमा विवेक श्रेष्ठ, गेहेन्द्र बस्नेत, अनिल आचार्य, कुमार केसी र दिपक परियारलाई जिम्मेवारी दिइएको छ । भने तुलसीपुर क्षेत्रमा पदम केसी, मेघराज भुषाल, विष्णु केसी, सुरेश रावत, भिमार्जुन रेग्मी, रवि गौतम र अमित शर्मालाई जिम्मेवारी दिइएको छ ।
यस्तै विजौरी क्षेत्रमा घनश्याम शर्मा, मोहन सुनार, माधव वली, हरिप्रसाद देवकोटा, मदनमोहन गौतम र शान्ता अधिकारीलाई जिम्मेवारी दिइएको छ भने देउखुरी क्षेत्रका लागि पवन रिजाल, पवन आचार्य, दशरथ घिमिरे, गोपाल नेपाली र श्रीधर डिसीलाई जिम्मेवारी दिइएको छ ।
आगामी फागुन १४ गतेका दिन त्रिभुवन विश्व विद्यालय अन्तरगत दाङ जिल्लामा रहेका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । सोही तयारीका लागि एमालेले कमिटीहरु गठन गरेको एमाले दाङका अध्यक्ष टिकाराम खड्काले जानकारी दिए ।
