इन्द्रेणी संवाददाता
तुलसीपुर १६ जेष्ठ ।
पश्चिम दाङको पबननगर र शान्तिनगरमा अपराधिक गतिबिध बढि हुने गरेको त्यहाँका स्थायिनले बताएका छन् ।
ईलाका प्रहरी कार्यलय तुलसीपुरले अपराध नियणत्रणका लागी शान्तिनगरमा आयोजना गरेको प्रहरी बस्ती भेटघाट कार्यक्रममा बोल्ने त्यहाँका स्थानियले अपराधिक गतिबिध बढि हुने गरेको वताएका हुन ।
काठ ओसार पसार, झै झगडा, जुवातास, धम्किका घटना बढि हुने गरेको उनीहरुको गुनासो छ । कार्यक्रममा बोल्ने बक्ताहरुले राजनितिक साँठगाँठले गर्दा बिभिन्न अपराधिक गतिबिध भएपनि प्रहरीले न्युनिकरण गर्न चुकेको बताएका हुन् ।
शान्तिनगर तथा पबननगरका घरहरुमा राखेका काठ सबै चोरी भएको र त्यसमा तस्किरमा युवाहरु संगै १५ बर्षिय किशोरहरुको पनि संलग्नता हुने गरेको त्यहाँ नागरीकले जनाएका छन् । जाँड, रक्सी, गाँँजा खाएर होहल्ला अपराधिक क्रियाकलाप हुने गरेका छन ।
साथै त्यहाँका स्थानीयले सुरक्षालाई मध्यनजगर गरी प्रहरी चौकी थप्नु पर्ने माग पनि गरेका छन् । पश्चिम दाङमा एउटा मात्रै प्रहरी चौकीले सुरक्षा दिन नसक्ने भन्दै पबननगरमा थप अर्को प्रहरी चौकीको आबश्यकता रहेको महिला संजाल शान्तिनगरकी अध्यक्ष राधिका परियारले वताउनुभयो ।
महिलाहरुलाई प्रहरी चौकीमा जाँदा प्रहरीको अगाडि बोल्न अप्ठ्यारो हुने भएकाले महिला प्रहरीको ब्यबस्था हुनु पर्ने माग गर्नुभयो ।।










