इन्द्रेणी संवाददाता
दाङ, १६ जेठ
सरकारको आगामी आर्थिक वर्ष २०७३÷०७४ को बजेट तथा कार्यक्रम अन्तरगत दाङमा ठुला योजना तथा कार्यक्रमहरु परेका छैनन ।यसअघि जिल्लामा केहि ठुला योजनाको चर्चा चलेपनि त्यसको वजेट भने छुट्याइएको छैन ।
अर्थ मन्त्री विष्णु पौडेलले वजेट प्रस्तुतका क्रममा दाङमा क्रिकेट मैदान बनाईने, तुलसीपुरमा बहुउद्देश्यीय सभागृह निर्माण, ग्वारखोलामा बहुउद्देश्यीय जलाशयका लागि अध्ययन शुरु गरिने, दाङमा कपास खेतीविकास तथा प्रशोधन गर्नको लागि विस्तृत गुरु योजना बनाउने जानकारी दिनुभयो ।
जुनरुपमा दाङको घोराहीमा बहुउदेश्यी सभागृह निर्माण, औद्योगिक क्षेत्र बिकासको बिकासमा कुनै पनि बजेट पर्न सकेन । सरकारले आगामी आर्थिक वर्षका लागि १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट ल्याएको छ ।।
