तुलसीपुर, १९ माघ । इन्टरनेशनल इन्ष्चिच्यूट अफ मेडिकल साइन्सेस प्रालि तुलसीपुरको रजौरामा मेडिकल कलेजको स्थापना गर्ने भएको छ ।

visप्रालिले आज बुधवार तुलसीपुरको तुलसी आवसिय उच्चमाविमा आयोजना गरेको कार्यक्रममा रजौरामा मेडिकल कलेज स्थापना गर्ने जानकारी दिएको हो ।

इन्टरनेशनल इन्ष्चिच्यूट अफ मेडिकल साईन्सेस प्रालि तुलसीपुर दाङका अध्यक्ष रविन्द्रराज श्रेष्ठको अध्यक्षता र तुलसी उमाविका संस्थापक अध्यक्ष एवं प्रधानाध्यापक भिष्मबहादुर केसीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा त्यस्तो जानकारी दिइएको थियो।