दाङ, १९ माघ । दाङको रामपुरमा रहेको गंगा माध्यमिक विद्यालयले आज बिबिध कार्यक्रम गरी आफ्नो ५६ औ बार्षिकोत्सव मनाएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरुलाल चौधरीको अध्यक्षता एंव पूर्व सांसद कृष्णकिशोर घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विद्यालयको बार्षिक परीक्षामा उत्तीर्ण विद्यार्थीहरु, विद्यालयको बार्षिकोत्सवका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट, विद्यालयमा बिभिन्न दाताहरुले स्थापना गरेको अक्षयकोष र जिल्ला शिक्षा कार्यालयबाट प्राप्त बिभिन्न छात्रबृद्धि प्रदान गरिएको छ ।
कार्यक्रममा विद्यालयका निर्वतमान प्रधानाध्यापक राजेन्द्रकुमार घिमिरेलाई उहाँले विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक क्षेत्रमा पू¥याएको योगदानको मूल्याकन गर्दै सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्वसांसाद कृष्णकिशोर घिमिरेले सामुदायिक विद्यालयको गुणस्तर अझ राम्रो बनाउनकालागि शिक्षा नितिमा परिवर्तन जरुरी रहेको आवश्यकता औल्याए ।
