Tulsipur Municipality

तुलसीपुर  १९ माघ ।  तुलसीपुर नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिना मै साढे एक करोड वढी राजश्व शंकलन गरेको छ । नगरपालिका प्रशासनले  छ मनिाको अवधिमा १ करोड ५३लाख राजश्व संकलन भएको जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७३/०७४मा कुल राजश्व २ करोड ७५लाख ४४हजार ४सय ४० संकलन गर्ने लक्ष्य लिएको कार्यालयले आर्थिक वर्ष ०७३/०७४को पुुुस मसान्तसम्म १ करोड ५३ लाख २ हजार १ सय १५  राजश्व संकलन भएको नगरपालिकाका राजश्व साखा प्रमुख यशुदा वलीले जानकारी दिईन ।

]संकलित  राजश्व अन्तरगत एकीकृत सम्पत्तिकरमा ३९ लाख २९ हजार २ सय २९,  व्यवसाय करमा ११ लाख ९ हजार १ सय ३१, घर नक्सा पास शुल्कमा ५३ लाख ७३ हजार ९ सय १५ र अन्य तर्फ ४८ लाख ८९ हजार ८ सय ३८ गरी कुल १ करोड ५३ लाख २ हजार १ सय १५  रुपैंयाँ  राजश्व संकलन गरेको तुलसीपुर नगरपालिका प्रशासनले जानकारी दिएको छ ।

वार्षिक लक्ष्य २ करोड ७५ लाख ४४ हजार ४ सय ४० शंकलन गर्ने लक्ष्य लिएको तुलसीपुर नगरपालिकाले आर्थिक वर्षको चालु ६ महिनामा १ करोड ५३ लाख २ हजार १ सय १५  राजश्व संकलन गरेर वार्षिक लक्ष्यको ६५प्रतिशत वढि राजश्व संकलन गर्न सफल भएको नगरपालिकाको राजश्व साखाका पदाधिकारीले जानकारी दिएका हुन ।

शंकलित राजश्वमा एकीकृत सम्पत्ति कर र घर नक्सा पासमा उल्लेख्य राजश्व शंकलन भएपनि व्यवसाय करमा भने सन्तोषजनक राजश्व संकलन हुन नसकेको अवस्था रहेको लेखा शाखाले जानकारी दिएको छ ।  नगर क्षेत्रमा ३ हजार ५ सय वढी व्यवसायिहरु रहेपनि समयमै व्यवसाय कर तिर्नु पर्छ भन्ने भावनाको विकास नभएकाले व्यवसाय कर कम संकलन भएको राजश्वसाखा प्रमुख यशुदा वलीले जानकारी दिइन ।

चालु आर्थिक वर्षको ६ महिनामा तुलसीपुर नगरपालिकामा ११ लाख ९ हजार १ सय ३१ मात्र व्यवसाय कर शंकलन भएको साखा प्रमुख वलीले वताइन । तर नगरपालिकाको आफनै कमजोरीका कारण नयाँ वसपाकर्ममा रहेको मासु मण्डिको वर्सौ देखिको भाडा उठन नसकेको जानकारहरु बताउँछन् । तुलसीपुर नयाँ वसपार्कमा रहेको २७ सटरको मासु मण्डिको विगत ५ वर्ष देखिको घर भाडा उठन सकेको छैन ।

२०६९सालमा मासु मण्डिमा रहेका सटरहरुको घर भाडा निर्धारण गर्दा आफुसंग समन्वय नै नगरेर कार्यालयले एक लौटी भाडा निर्धारण गरेको भन्दै विरोधमा उत्रिएका व्यवसायिहरुले ५ वर्ष देखिको भाडा नवुझाएको नगरपालिका स्रोत बताउँछ ।