इन्द्रेणी संवाददाता
दाङ, १६ जेठ
दाङमा स्कुटीको ठक्करवाट ड्युटीमा रहेका प्रहरी घाइते भएका छन ।बिजौरी ५ वेलझुण्डीदेखि तुलसीपुरतर्फ जाँदै गरेको रा ३ प २३०५ नं को स्कुटीको ठक्करवाट अस्थायी प्रहरी पोष्ट वेलझुण्डीमा कार्यतर प्रहरी हवल्दार विर वहादुर कार्की गम्भिर घाइते हुनुभएको हो ।
३ जना सवार उक्त स्कुटीलाइ चेकजाँचका लागी रोक्न खोज्दा ठक्कर दिएर फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घाइते कार्कीको अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रिफर गरिएको छ । ठक्कर दिने स्कुटीमा सवार मध्य एक जना प्रहरीको नियन्त्रणमा रहेका छन ।।
