रेखा मगर
दाङ, १६ जेठ
दाङमा युवाहरुको कुटपिटवाट एक युवक गम्भिर घाइते हुनुभएको छ ।
शान्तिनगर ३ मालेचौर वस्ने २७ वर्षका भुपति पाण्डेलाइ सोही ठाँउ वस्ने पवन सापकोटा, मदन सापकोटा लगाएतले हिजो राति ८ वजे कुटपिट गरेको प्रहरीले जनाएको छ ।
ति युवाहरुले भुपति पाण्डेलाइ वियरको वोत्तलले टाउकोमा हानेर गम्भिर घाइते वनाएका हुन । टाउकोमा गम्भिर चोट लागेका पाण्डेलाइ अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रिफर गरिएको छ ।
साथै कुटपिटमा संलग्न पवन सापकोटा र मदन सापकोटा लगाएतलाइ प्रहरीले नियन्त्रणमा लिएको दाङका प्रहरी नायव उपरिक्षक प्रकाशराज शर्माले जानकारी दिनुभयो ।।