शरद रेग्मी
दाङ, १७ माघ । तुलसीपुरमा जारी मध्यपश्चिम क्षेत्रीय व्यापार तथा पर्यटन महोत्सव एवं औद्योगिक कृषी मेला २०७३ मा सिसि क्यामेराबाटै महोत्सवका गतिविधि निरिक्षण भइरहेको छ ।

picमहोत्सवलाई व्यवस्थीत तथा शान्ति सुरक्षालाई मध्यनजर गर्दै सिसि क्यामेरा जडान गरिएको तुलसीपुर उद्योग वाणीज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक विमल रिजालले जानकरी दिए ।

महोत्सवलाई प्रभावकारी वनाउन सिसि क्यामेराले थप सहज वनाएको सुरक्षा उपसमितिका संयोजक हिमाल वस्नेतले बताए । महोत्सव परिसरमा मात्र १६ वटा सिसि क्यामेरा जडान गरिएको छ । महोत्सवलाई मध्येनजर गर्दै यस अघि तुलसीपुर नगरपालिका, तुलसीपुर उद्योग वाणीज्य संघ र इप्रका तुलसीपुरको समन्वयमा तुलसीपुर वजार क्षेत्रमा रहेका सिसी क्यामेराहरुको मर्मत गरि सुचारु गरिएको थियो ।

यस्तै महोत्सवम संचारकर्मिहरुलाई समाचार सम्प्रेसनमा सहज वनाउन न्युज डेस्क स्थापना गरी फ्री वाईफाईको समेत व्यवस्था गरिएको संचार उपसमीतीका संयोजक शरद रेग्मीले जानकारी दिएका छन् ।