माघ १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टोखाको ग्राण्डी अस्पतालमा उपचाररत नेकपा ९मसाल० का अध्यक्ष मोहन बिक्रम सिंहलाई भेटी उहाँको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ ।

prachanda mohanbikramआइतबार बिहान अस्पताल पुगेर प्रधानमन्त्रीले कम्युनिष्ट आन्दोलनको अग्रज नेता सिंहलाई भेट गर्नुभएको हो । भेटमा प्रधानमन्त्रीले नेता सिंहको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने बताउनु भयो । सुगर, फोक्सोमा पानी लगायतका समस्याका कारण विगत चार दिनदेखि ग्राण्डी अस्पतालमा उपचाररत ८१ वर्षीय सिंहको उपचारपछि स्वास्थ्यमा राम्रो सुधार आएको छ ।