dipak khadka

घोराही  १६ माघ । खानेपानी तथा सरसफाई राज्य मन्त्री दिपक खडकाले अहिले स्थानीय निकायको निर्वाचन हुनुपर्ने वताएका छन । नेपाल प्रेस युनियन दाङले शनिवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा मन्त्री खडकाले तत्काल निर्वाचन गर्नु पर्ने बाध्यात्म संवैधानिक ब्यवस्था भएकाले स्थानीय तहको निर्वाचन गरिनु पर्ने वताए ।

उनले स्थानीय तहको निर्वाचन गर्नु पर्ने भए पनि स्थानीय तह पुरसंरचना आयोगले भरपर्दाे खाका नदिएको र स्थानीयहरुको राय विनै तह तयार गरेको भन्दै उनले स्थानीय निकायकै निर्वाचन गर्नु उत्तम भएको वताए ।

मन्त्री खडकाले संसदमा दर्ता भएको संसोधन प्रस्ताव सासदहरुले चाहेमा र जनताले चाहेमा फेल हुन सक्ने समेत संकेत गरे । वर्तमान समस्याको लागि मुख्य राजनीतिक दलहरु एक हुनु पर्ने र मिल्नुको विकल्प नभएको वताए ।

उनले अब कोहि पनि नेपालीहरु खानेपानीबाट बञ्चित हुन नसकने भन्दै एक वर्ष भित्रमा सबै नेपालीको घरमा खानेपानीको धारा जोडिने वताए ।