घोराही, १२ माघ । नेपाल पर्यटन पत्रकार संघ दाङ शाखाको प्रथम अधिवेशन मंगलबार घोराहीमा सम्पन्न भएको छ । अधिवेशनले प्रकाश चौधरीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला शाखा गठन गरेको हो,संघको जिल्ला उपाध्यक्षमा तुल्सीराम वली, सचिवमा मनु मगर, सहसचिवमा सुशिला वली कोषाध्यक्षमा विमला घर्ती निर्वाचित भएका छन् ।

16003043_10210208002027789_2048200510496910486_nत्यसैगरि सदस्यहरुमा कुलदीप न्यौपाने,क्षितिज रावत, सीमा आचार्य, यमकला भुषाल, दीपक बोहरा, निर्जला गहतराज निर्वाचित भएका छन् ।

स्मरण रहोस् संघको हाल ७ जिल्लाको अधिवेशन सम्पन्न भैसकेको छ भने दैलेख जाजरकोटमा तदर्थ समिति चयन भएका छन् भने गुल्मी अघाँखाँची, रुपन्देही कपिलवस्तुमा संयोजनको जिम्मेवारी तोकेको बताइएको छ, साथै केन्द्रीय समितिको आयोजनामा यही माघ १४र १५ गते दाङको घोराहीमा दुइदिने पर्यटन पत्रकारिता तालिम आयोजना हुदैछ ।