इन्द्रेणी संवाददाता
दाङ, १५ जेठ
दाङका भुमिहिन तथा सुकुम्बासीहरुले सरकारसँग जग्गाको स्वामित्व माग गरेका छन् ।
जिल्ला भुमी अधिकार मञ्च दाङको चौथो जिल्ला सम्मेलनमा उद्घाटन सत्रमा उनिहरुले भुमिहिन, सुकुम्बासी तथा ऐलानी जग्गामा बस्दै आएकाहरुलाई सरकारले जग्गाको स्वामित्व दिनुपर्ने माग गरेका हुन् ।
जिल्ला भुमी अधिकार मञ्चकी अध्यक्ष निर्मला विक अध्यक्षता एवं भुमी अधिकार मञ्च नेपालका अध्यक्ष ल्यामवहादुर दर्जीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राज्यले स्वामित्व नदिएको भन्दै भुमीहिन तथा सुकम्वासी वस्तीहरु जग्गा रैकर गरी पुर्ण स्वामित्व दिलाउन माग गरेका छन् ।
उनिहरुलाई सरकारले भोगचलन गर्दै आएका जग्गाको स्वामित्व दिएको छैन । कार्यक्रममा प्रमुख अतिथी दर्जीले नयाँ सविधान कार्यान्वयन हुन सकेमा भुमिहिनहरुका ७० प्रतिशत मागहरु पुरा हुने बताउनुभएको छ ।अध्यक्ष दर्जीले अहिलेको सविधानले भुमिहिनको अधिकारका लागि धेरै सकारात्मक पक्षहरु रहेको बताउनुभएको थियो ।
सवैले जोतभोगकैै आधारमा भुु स्वामित्व अधिकार पाउने सरकारले व्यवस्था गर्नुपर्ने उहाँको धारणा छ । गाँस, वास र कपास नागरिकको मौलिक अधिकार रहेकाले भुमिहिनहरुले मौलिक अधिकार समेत पाउन नसकेको उहाँको भनाई छ ।