दाङ, ११ माघ । दाङमा गठन भएका बिभिन्न सामुदायिक मेलमिलाप केन्द्रमा आवद्ध मेलमिलापकर्ताहरुलाई समुह मेलमिलाप प्रक्रियाका बिषयमा तालिम दिइएको छ । कानुन अन्वेषण तथा श्रोत बिकास केन्द्र सेलर्डको आयोजनामा ३ वटा गा.वि.स.का मेलमिलापकर्ताहरुलाई तीन तिन दिने तालिम दिइएको हो ।

समूह मेलमिलाप सत्र सञ्चालन गर्नुपूर्व विवादका पक्षहरूबीच सम्वाद÷वार्ता सञ्चालनका लागि एक रूपता कायम गर्ने,अुनकुन विषयवस्तुमा मात्र सत्रमा छलफल गर्ने भन्ने बारे विषयको एकीन गर्ने,छलफलका लागि तयार गरिएका विषयलाई सम्बोधन गर्ने र ती विषयलाई सवालको रूपमा निर्धारण गर्ने लगायतका उदेश्यले तालिम आयोजना गरिएको सेलर्डका कार्यक्रम संयोजक अर्जुनकुमार अधिकारी जानकारी दिए ।

समुदायमा व्यक्ती व्यक्तीबिचको बिवाद समाधानमा महत्वपूर्ण भुमिका खेलेका मेलमिलापकर्ताहरुले समुह बिवाद हल गर्ने तरिकाको समेत सिप पाएपछि बिवादका घटनामा कमी आउने अपेक्षा गरिएको छ । यसैविच सौडियार गा.वि.स.मा रहेका सामुदायिक मेलमिलापकर्ता मध्य १८ जनालाई घोराहीमा समुह मेलमिलाप सम्वन्धि तालिम दिइएको छ ।

सेलर्डका संयोजक अर्जुनकुमार अधिकारीको अध्यक्षता तथा सौडियार गा.वि.स.का सचिव टेकबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको तालिम समापन कार्यक्रममा बोल्ने सहभागीले समुदायमा पछिल्लो समयमा समुह वा संगठित बिवाद बढिरहेको भन्दै यस तालिमले त्यसलाई समाधान गर्न ठुलो सहयोग मिल्ने अपेक्षा गरेका छन ।