दाङ, ११ माघ । नेपाली कांग्रेस क्षेत्र नम्वर ३ ले घोराहीमा सञ्चालन हुने भनिएको महोत्सव रोक्न आग्रह गरेको छ ।
नेपाली कांग्रेस क्षेत्र नम्वर ३ का सभापति भुपबहादुर डाँगी र सचिव वद्रीकुमार खड्काले मंगलवार एक विज्ञप्ती जारी गरी यस्तो आग्रह गरेका हुन । विज्ञप्तीमा एकलौटी रुपमा सञ्चालन हुन थालेको महोत्सव रोकिनकालागि सम्वन्धीत निकायको ध्यानाकर्षण समेत गराइएको छ ।
व्यापारीको हित विपरीत महोत्सव हुन थालेको भन्दै यस्तो कार्य रोक्नकालागि स्थानिय प्रशासनसंग माग समेत गरीएको विज्ञप्तीमा उल्लेख गरिएको छ । उद्योग वाणिज्य संघ र स्थानीय व्यापारीहरुको समन्यव विना आयोजना गरीएको महोत्सव सञ्चालन गर्ने थालिएको भन्दै उद्योग वाणिज्यसंघ तथा स्थानिय व्यापारीहरुसंग समन्य गरेर निकास खोज्न समेत आग्रह गरीएको छ ।
