इन्द्रेणी संवाददाता
दाङ, ११ माघ । दाङको घोराहीमा एउटा गैरसरकारी संस्थाले व्यवसायिहरुकको हित विपरित व्यापारिक महोत्सव लगाउन लागेको भन्दै घोराहीका उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन् । गैरसरकारी संस्थाले लगाउने उक्त महोत्सव व्यवसायिहरुको हित विपरित भएको र त्यसले व्यवसाय घरापमा पर्ने भन्दै आज महोत्सव रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङमा धर्ना दिए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघसहित संघअन्तर्गतका विभिन्न विषयत समितिहरुले आज विहानैदेखि घोराही क्षेत्रको व्यापार व्यवसाय बन्द गरी प्रशासनमा धर्ना दिएका हुन् । धर्नापछि जिल्ला प्रशासन कार्यालयसँग छलफल गर्दै जिल्ला उद्योग वाणिज्य संघसँग समन्वय नै नगरी आयोजन ागर्न लागेको महोत्सव व्यापारिक महोत्सव हुन नसक्ने भन्दै कि यसको नाम परिवर्तन गर्दै व्यापारिक स्टल नराखेर महोत्सव आयोजना गर्नुपर्ने होइन भने महोत्सव नै बन्द गरिनुपर्ने माग गरे ।
‘व्यापारीहरुको छाता संगठन उद्योग वाणिज्य संघ हुँदा हुँदै उसँगको समन्वय विना व्यपारिक महोत्सव कुनै पनि हालतमा व्यवासयीहरुको हितमा हुन सक्दैन’, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव दीपक सुवेदीले भने, ‘एउटा क्लवले व्यापारिक महोत्सव लगाउनु राम्रो कुरा होइन ।’
घोराहीको नवलपुरमा नवजागरण यवा क्लवले मध्यपश्चिम व्यापारिक तथा पर्यटन महोत्सव यही माघ २७ गतेदेखि महोत्सवको आयोजना गर्दैछ । महोत्सव बन्दको माग गर्दै प्रशासनमा पुगेका व्यवसायीहरुसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी मघेराज काफ्लेले व्यवसायीको सहमति विना महोत्सव सञ्चालन नहुँने भन्दै दुबै पक्ष छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बताए ।
आफूले महोत्स आयोजकलाई सहमति नहँदासम्म महोत्सवको तयारी अघि नवढाउन मौखिक निर्देशन दिइसकेको बताए । महोत्सव सञ्चालन गर्ने अथवा बन्द गर्ने विषयमा सहमतिका लागि राजनीतिक दल, उद्योगी व्यापारी र महोत्सव आयोजक संस्थाबीच भोलि ३ बजे छलफल गर्ने प्रजिअ काफ्लेले बताए ।
महोत्सवको तयारी अघि नवढाउन निर्देशन दिदादिदै पनि आयोजकले तयारी अघि वढाए त्यसको जिम्मेवारी उसैले लिने उनले बताए । तर महोत्सव आयोजक संस्थाले महोत्सवको करीव ५० प्रतिशत काम पूरा भइरहेको जनाएको छ ।