इन्देणी संवाददाता
घोराही, १५ जेठ
दाङमा एक किशोरीलाई बलात्कार गरेको ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले एक जनालाई साढे ५ बर्ष कैद सजायको फैसला गरेको छ ।adalatसिसहनिया ७ लठ्ठवाका १९ बर्षिय गोविन्द सुबेदीलाई १७ बर्षिया एक किशोरीलाई बलात्कार गरेको ठहर गर्दै जेल सजायको फैसला गरेको हो ।

जिल्ला न्यायाधिश चुरामन खड्काको एकल इजलासले अभियोगमा दोषि ठहर गर्दै सुबेदीलाई ५ बर्ष ५ महिना कैद गर्ने फैसला गरेको हो । २०७२ साल चैत्र २६ गते लमहि ३ सुन्डवरीमा ति किशोरीलाई गोबिन्द लगाएतले सामुहिक बलात्कार गरेको भनि पिडितले मुद्धा दायर गरेका थिए ।

अदालतले सुबेदीलाई दोषि ठहर गरेपनि घटनामा अभियोग लागेका सिसहनिया ७ का २२ बर्षिय बृहस्पती पोख्रेल र प्युठान तुषारा ७ का २६ बर्षिय कृष्णप्रसाद भण्डारीलाई सफाई दिएको छ ।।