घोराही, १० माघ । सौडियारको फचकपुरमा ट्राफिक सचेतना र लागुऔषधविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । सामुदायीक प्रहरी सेवा केन्द्र दाङ जिल्लामा सञ्चालन गरेको ट्राफिक सचेतना एवं लागुऔषध विरुद्धको सचेतना अभियानअन्तरगत आज सो कार्यक्रम सम्पन्न भएको हो ।

16174835_402068993460250_5859359230577969746_nफचकपुरमा रहेको आर्वर राईजिङ बोडिङ स्कूल एवं अभिभावकहरुलाई सचेत भएको हो । वडा प्रहररी कार्यालय घोराहीसँगको समन्वयमा सामुदायिक प्रहरी सेवा केन्द्र दाङले सञ्चालन गरेको लागुऔषध विरुद्धको सचेतना अभियान अन्तगत वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुर्यबहादुर थापाले लागु औषध भनेको के हो, लागु औषध दुव्यर्सन, दुव्यर्सनी बन्नुका कारण, लक्षण, असर, बच्ने उपाय लगायतका विषयमा प्रशीक्षण दिएका थिए ।