काठमाण्डौ, १५ जेठ
देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको आठ वर्ष पुगेको अवसरमा आज गणतन्त्र दिवस मनाइँदै छ ।ganatantraजनआन्दोलन २०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

दुई सय ३८ वर्ष लामो शाहवंशीय राजपरम्पराको अन्त्यको घोषणा भएको यस दिनलाई हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा स्वागत समारोह एवम् जलपान समारोहको आयोजना गर्नुभएको छ । गणतन्त्र घोषणा भइसकेपछि देशमा धेरै ठूला राजनीतिक उपलव्धी भएपनि चुनौति उत्तिकै रहेको राजनीति शास्त्रीहरुले बताएका छन् ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस २०७३ का अवसरमा राष्ट्रिय एकताका जगमा शान्त, समुन्नत, समृद्ध, सन्तुलित र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकासमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले अबको ध्यान देशको हरेक कुनाका नागरिकले प्रत्यक्ष अनुभूत गर्ने गरी आर्थिक, सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संविधानको कार्यान्वयनसँगै अब मुलुक आर्थिकरसामाजिक विकासको दिशामा अघि बढेको बताउनुभएको छ ।।