Jaydev-Joshiभरतराज शर्मा, तुलसीपुर १० पुस ।  जनसंख्या तथा वतावरण मन्त्री जयदेव जोसीले सरकार छिट्टै स्थानीय निकायको मिति तोक्ने तयारीमा रहेको वताएका छन । नेपाल प्रेस युनियन दाङले आइतवार तुलसीपुरमा गरेको साक्षत्कार कार्यक्रममा मन्त्री जोसीले त्यस्तो कुरा वताएका हुन ।

जति सक्यो छिटो संसदमा पेश भएको संविधान संशोधन पारित हुने बताएका मन्त्री जोसीले सविंधान संसोधन प्रस्तावलाई किनारा लगाए लगतै सरकारले स्थानीय निकायको मिति घोषणा गर्ने बताएका हुन । नेकपा संयुक्तका नेता समेत रहेका जोसीले संबिधान कार्यान्वयनका लागि २०७४ माघ ७ गते भित्र तीन तहको निर्बाचन गराउनु अनिवार्य रहेको भन्दै सरकार छिटो भन्दा छिटो निर्वाचन गराउन तयारीमा रहेको दाबी गरेका थिए ।

तर मन्त्री जोसीले संसदमा दर्ता भएको संशोधन प्रस्ताप सवालमा ह्विप भने नलाग्ने बताए ।  उनले सरकारमा आबद्ध पार्टीका सांसदहरुले मात्र नभएर बिपक्ष सांसदहरुले पनि पक्षमा मतदान गर्ने बिश्वास ब्यक्त गरेका थिए । उनले भने ‘सांसद स्वतन्त्र छन् र स्वतन्त्र हुनुपर्छ उनीहरुलाई ह्विप लाग्दैन।’ तर उनले संसदमा प्रस्तुत प्रस्ताव पारित हुने दाबी गरेका थिए ।

रुकुमको रुघा गाविसको सिमरुत खोलामा निर्मानाधिन   लघु जलविद्युत्त आयोजनाको शिलन्यास गरि काठमाण्डौ फर्कने क्रममा मन्त्री जोसीसंग प्रेस युनियन दाङले तुलसीपुरमा  साक्षात्कार गरेको हो । मन्त्री जोसीले नेपाल सरकार ०७४ माघ ७ भित्र तीन तहको निर्वाचन गराएर    लोकतन्त्रलाई संस्थागत गर्ने दिशामा अघि बढ्ने बताएका थिए ।

रुकुमको सिमरुत खोलामा निर्माण गर्न लागिएको लघुजलविद्युत्त आयोजना वाट २ सय किलोवाट क्षमताको विद्युत्त उत्पादन गर्ने र  त्यहाँका ४ गाविसका १ हजार ३ सय ८६ परिवारलाई  उर्जा प्रदान गर्ने मन्त्री जोसीले सरकारको रहेको बताएका थिए ।

लोडसेडिङ मुक्त नेपाल निर्माणका लागि नविकरणिय उर्जा प्रवधन कार्यक्रमको संभाव्यता अध्ययन पनि आफनो रुुकम भ्रमणको लक्ष्य रहेको मन्त्री जोसीले जानकारी दिएका थिए ।
झण्डै ८ करोड ७१ लाख लागतमा निर्माण हुने सिमरुत लघु जलविद्युत्त परियोजना ६५ प्रतिशत नेपाल सरकारको अनुदान सहयोग ११ प्रतिशत ऋण र २५ प्रतिशत नागरिक लगानिमा निर्माण हुन लागेको जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ वलीले जानकारी दिएका थिए ।

कार्यक्रममा बैकल्पीक उर्जा प्रबन्धका कार्यकारी निर्देशक रामप्रसाद धितालले देशभर ७६ प्रतिसत नागरिकमा उर्जाको पहुँच रहेको भन्दै  अझै करिव २४ प्रतिसत नागरिक  उर्जाको पहुँचमा नरहेको उल्लेख गरेका थिए ।

प्रेस युनियन दाङका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय समाचार समितिकी प्रमुख नारायणी रजौरेले स्वागत मनतब्य राखेकी थिइन भने  पत्रकार गोपाल शर्मा भट्टराईले कार्यक्रमको सहजीकरण गरेका थिए ।