गिरिराज नेपाली, घोराही ९ माघ / चालु आर्थिक वर्ष ६ महिना बितिसक्दा पनि जिल्ला विकास समिति दाबमा २० प्रतिशत योजनाहरु मात्रै सम्झौता भएका छन । जिल्लाको योजना सम्झौताको दर निकै सुस्ताउँदै गएको छ । करिव आधाआधी योजनाहरु निर्माण सम्पन्न भई सक्नुपर्ने समय बितिसक्दा पनि योजना ८० प्रतिशत योजना सम्झौता हुन सकेका छैनन् ।
जिल्ला विकास समिति दाबले दिएको जानकरी अनुसार ९ सय ८६ योजनाहरु मध्ये २ सय २ योजनाहरु मात्रै सम्झौता भएका छन । जिल्ला विकास समिति दाबका सूचना अधिकारी कृष्ण केसीले पुस मसान्तसम्ममा ७ सय ९२ योजनाहरुको सम्झौता गर्न बाँकी रहेको जानकारी दिए। उनले उपभोक्ताहरु योजना सम्झौता लिन नआउँदा जिल्लाको विकासे काम प्रभावित बन्ने गरेको गुनासो गरे । हतार- हतारमा अन्तिममा सम्झौता लिन आउछन केसीले भने हामीले पनि हतारमा काम गर्नुपर्छ ।’
सबै योजनाहरुको अनुमगन पनि राम्रोसंग गर्न सकिदैन । कस्तो काम हुन्छ । कसरी गरिएको छ । यसो गयो निर्माण भईसकेका अवस्था बारे १र२ घण्टामै अनुगमन सिध्याउनु पर्छ । हामीले सबै योजनाहरुको पुरा गराई उपभोक्ताहरु कुरेर बसेका छौ । तर उपभोक्ता आउदैनन् । उपभाक्ताकै लापरवाहीले योजना निर्माणसमेत असर पर्ने देखिन्छ उनले भने अहिले पनि हप्ता दिनमा त्यही ५/७ वटा मात्रै उपभोक्ताहरु आउछन । सम्झौता लिएर जान्छन । आधा समय बितिसक्यौ अझै ८० प्रतिशत योजनाहरु बाँकी छन उनले भने ।
चालु आर्थिक वर्ष २०७३/७४ का लागि अनुमानित विनियोजन गरिएको चालुगततर्फ ८० करोड, ९ लाख, ९३ हजार मध्ये २४ करोड ६३ लाख २५ हजार रुपैयाँ निकास भई सकेको छ भने पुँजीगततर्फ १२ करोड ४१ लाख ९२ हजार मध्ये ३ करोड ६ लाख ४० हजार रुपैयाँ निकासा पाई सकेको उनले जानकारी दिए । जुन रकम ८४ वटा सम्पन्न योजनाहरुका लागि निकासा भई सकेको रकम हो । उनले भने ।
वर्षेनीको दशा यही हो ।’ अब उपभोक्ता समयमा आउछन की ? भन्यो फेरी उही गति छ ।परम्परागत प्रवृत्तिका कारण नयाँ प्रवृत्तिको विकास उपभोक्ताहरु अझै हुन सकेको छैन । हामीले सबै गाउँ विकास समितिलाई योजना सम्झौताका लागि पत्राचार पनि गरिसकेका छौ । योजनाको अख्तियारी पनि बुझिसकेका छौ ।
तर विडम्वना उपभोक्ताहरु उही वैशाख र जेष्ठमा आउछन । सूचना अधिकारी केसीले स्थानीय स्रोत परिचालन कार्य विधि २०६९ ले बैशाख मसान्तसम्ममा योजना सम्झौता गर्न सक्ने प्रावधान कायम गरेको बताए । असारे विकासको प्रवृत्तिका कारण उपभोक्ताहरु अल्छी भएको उनले गुनासो गरे । राप्ती समाचार