एजेन्सी, ९ माघ । इटालीमा स्कूल बस दुर्घटना हुँदा कम्तिमा १६ जनाको ज्यान गएको छ । इटालीको उत्तरी क्षेत्रमा स्कूले बालबालिका बोकेको बस दुर्घटना भएको सरकारी अधिकारीले बताएका छन् । हंगेरीका विद्यार्थी बोकेको बस भेरोना नजिक बाटो छेउको पोलमा ठोक्किएको हो ।

stream_imgघटनामा अन्य ३९ जना घाइते भएको इटालीको राष्ट्रिय अग्नि नियन्त्रण कार्यालयले जनाएको छ । फ्रान्सको बुडापेस्टमा माउन्टेन होलिडे मनाएर फर्किएका विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो ।

बसमा धेरै जस्तो १४ देखि १८ वर्षका छात्र रहेको इटालीको समाचार संस्था एन्साले जनाएको छ । बस किन र कसरी पोलमा ठोक्कियो भन्ने थाहा भएको छैन ।