13015113_1313105462036538_2966222256977463531_n
निर्मल महरा ( एटम )

माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल महरा ( एटम )  विकासवादी र जनप्रीय नेताका रुपमा परिचित छन् । जनयुद्धमा जनमुक्ति सेनाको तल्लो तहदेखि कमाण्डर हुँदा समम उनले तल्ला कार्यकर्ताको मनोभावना बुझदै, नेता र पार्टीको निर्देशन र स्प्रिीटमा काम गर्ने उनको व्यवहार सवैको माझ चर्चामा थियो । यसैगरी जनयुद्धकै वेला पनि जनताको माझमा बस्न, उनीहरुसँग घुलमिल गरेर उनीहरुका समस्या बुझने र सक्दो समाधानको पहल गर्ने गर्दथे । सेना समायोजन पश्चात स्वेच्छिक अवकास रोजेका महरा जिल्ला तहहुँदै केन्द्रिय सदस्य तथा दाङ जिल्ला तीन नं। निर्वाचन क्षेत्रका सह–संयोजकका रुपमा क्रियाशिल छन । दाङ जिल्लामा क्रियाशिल रहेदेखि उनले विभिन्न विकास निर्माणका काम र जनसेवाका काममा महत्वपूर्ण भूमिका खेलिरहेका छन । वर्तमान उपप्रधान तथा अर्थमन्त्रीका कृष्णबहादुर महराका जेठा छोरा समेत रहेका र साधा जीवन उच्च विचार राख्ने युवा नेताको छवि बनाएका उनलाई केही समय अगाडि सुन तस्करीहरुलाइ संरक्षण गरेको आरोप समेत लागेको थियो । यसै प्रसङ्ग लगायत समसामयीक राजनीतिक अवस्था, विकास निर्माणका विषयमा गरिएको कुराकानीका सारसंक्षप ।

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

पार्टीको भाबी जिल्ला सम्मेलनको तयारीका लागि पार्टी सदस्यता नवीकरण, सदस्यता आबद्धता फारम बिस्तार, जनभेट्घाट, बिकासे योजनाहरुको छनौटमा ब्यस्त छु । घरायसी काममा पनि त्यतिकै ब्यस्त हुने गरेको छु ।

तपाईलाई केही समय पहिले सुन तस्करी गर्नेहरूको संरक्षण गरेको आरोप लागेको छ, के यो साँचो हो ?

एरपोरट भन्सारमा कर्मचारी सरुवा गर्दा त्यहाँको प्रमुखलाई मैले पठाएको भनी एउटा विपक्षी निकट दृष्टि भन्ने पत्रीका र उक्त पत्रीका निकट सामाजिक संजालका साइटहरुमा यो समाचार प्रकाशित गरेको सुने, केही हेरे, मेरो बुवा ९अर्थ मन्त्री० र मलाई जोडेर सुन तस्करीमा सम्लग्न भएको निराधार आरोप त्यहाँ लगाइएको छ । त्यो कपोलकल्पित भ्रममा नपर्न म सबैमा अनुरोध गर्दछु । दुखको कुरो, राजनीतिमा देश र जनताप्रति इमान्दार बनेकै कारण तथा तस्कर र दलालहरुको सेटिङलाई साथ नदिएकै कारण यी अफबाहहरु हाम्रो विरुद्ध फैलाइएको छ । प्रतिक्षा गरौ, भन्सारमा मिलेमतो गर्ने कर्मचारीदेखि, सम्लग्न राजनीतिज्ञ वा जो सुकै ब्यक्ति प्रहरीले कानुनी दायरामा ल्याउनै पर्छ अन्यथा प्रहरीको मिलेमतो या असफलता भन्ने आरोप लाग्ने छ, तत्काल कार्वाही होस । अर्थमन्त्री स्वयमले आफ्नो मातहतको निकायमा यसको निर्देशन दिनुभएको सुनेको छु ।

Nirmal-Mahara-Atomतपाईको पहलमा भर्खरै दाङमा सरकारले धेरै बजेट छुट्याएको छ तपाई चुनावको तयारीमा हो ?

पार्टीले बिकाश समितिको मोर्चा हेर्ने जिम्मेवारी दिएकोले म त्यसमा सक्रियता पुर्वक लागेको छु । पार्टीको जिल्ला इञ्चार्जको नेतृत्वमा बिकास समिती बनेको छ भने ३ नं। निर्वाचन क्षेत्रको नेतृत्व मैले लिएको छु । जहाँसम्म दाङमा बजेट बिनियोजनको पहलको कुरो छ त्यो समग्र पार्टीले नै पहल गरिरहेको छ त्यसमा मैले भुमिका निर्वाह गरिरहेको छु । स्थानीय लगायत प्रदेश र केन्द्रको चुनाबि माहोलतिर देश गैइरहेको छ हाम्रो पार्टी पुरै चुनाबको तयारीमा छ भोलि ब्यक्तिको उठ्छ रु त्यो गौण कुरो हो तर पार्टी पुरै चुनाबको तयारी छ ।

एउटा सर्वसाधारणले यस्तो पहुँच राख्न सक्दैन बुबा ९कृष्णबहादुर महरा० अर्थमन्त्री भएको फाइदा उठाउनु भयो हैन ?

फाइदा हैन, जनता र अर्थमन्त्री बीचको पुलको काम गरिदिएको छु मैले, आफै बिचार गर्ने त, फाइदा जनतालाई हुन्छ कि मलाइँ रु जनता र पार्टीले यसलाई अबसरको रूपमा लिनुपर्छ, बुवा मन्त्री भएको बेला कुनै ब्यक्तिगत स्वार्थ, लाभ लिएको भए फाइदा लिएको भन्न सक्नु हुन्थ्यो यहाँ त तपाइहरुकै बीचमा रहेर जनताका बिकासका सवालहरुलाइ सम्बोधन गर्ने प्रयास मात्र मैले गरेको छु ।

उसो भए तपाईले यसभन्दा अगाडि पनि विकास निर्माणका यस्ता काममा केही पहल गर्नु भयो त ?

मैले जिम्मेवारी पाए सम्म, आफ्नो औकातले भ्याएसम्म जनताका बिकासका कार्यमा निरन्तर लागेको छु । २ बर्ष पहिले एउटा सामाजिक सस्था मार्फत पनि शैक्षिक क्षेत्रका बिकासमा रोल्पा, दाङ र सिन्धुपाल्चोकका स्कुलहरुमा योजना संचालन गरेको थिएँ । दाङका विभिन्न ठाँउका बाटो, कलभर्ट, सिंचाइ कुलो सर्भे तथा रोल्पा, बाग्लुङ , दाङ लगायत देशका विभिन्न स्थानका १ सय १५ फिट भन्दा लामा झोलुङ्गे पुल र मोटरेबल पुलका सर्बे लागत स्टिमेट गराएको छु त्यो बाहेक थारु समुदायको भुयार मन्दिर निर्माण, अन्य धार्मिक मन्दिर निर्माण र विद्युत संचालमा जनताले खेप्दै आइरहेको ट्रान्सर्फमरको मागमा साथ दिएर संघर्स गरेको अनुभव छन म संग ।

तपाईँ राल्पामा जन्मिनु भयो दाङका अलावा राल्पामा पनि विकास निर्माणका यस्ता काममा केही पहल गर्नुभएको छ ?

माथी नै भने नि मैले दाङ रोल्पा मात्र हैन मेरो सम्पर्कमा आउने सबै ठाउको सक्दो पहल गरेको छु । बरु अहिले सम्मको मेरो अनुभब के हो भने बिकाशको कार्यमा नेपालको कर्मचारी प्रशासन अत्यन्त फितलो छ कर्मचारीले गर्नु पर्ने काम हामी आफै झ्याल धोका चहार्दै गर्नु परेको छ, जनतालाई यो बिसयमा हामीले सिकाउनु पर्छ जस्तो लागेको छ ।

तपाईँ सरकारी कार्यालय वा मन्त्रालयमा जाँदा कृष्णबहादुर महराको छोरा भन्दा पनि एउटा सर्वसाधारण नागरिक वा माओवादी केन्द्रको नेताको रुपमा प्रस्तुत हुनुहुन्छ । वुवाको नाम भजाउँदा तपाईलाई काम गर्न सजिलो हुने थिएन र ?

म अहिले पनि मेरो स्तरबाट गर्ने कामहरु त्यो बिकास संग सम्बन्धित भए पनि बुबालाई कमै मात्र भन्छु, दाङको चमै सट्गैया सिचाइ कुलो सर्बेको लागि सिचाइ बिभागमा गएको बेला एकजना शाखा अधिकृतले त्यसो भन्नू भएको थियो । म आफ्नो वर्कतले भ्याएसम्म काम आफै गर्नुपर्छ भन्ने मान्यता राख्छु । सवै कुरा वुवालाई भनेर साध्य पनि हुँदैन । फेरी सर्वसाधारणको रुपमा जाँदा जनतालाई कर्मचारीले गर्ने व्यवहारा सवै थाहा हुन्छ नि त । 10409002_1117727434907676_1904019948784668971_n

अहिले माओवादी केन्द्र केमा व्यस्त छ ?

गणतन्त्र, संघीयता लगाएत जनयुद्ध र जनआन्दोलनवाट प्राप्त उपलब्धि संस्थागन गर्नु आजको मुख्य कार्याभार हो । राजनीतिमा, संविधान संशोधनको प्रस्ताबलाई सर्वसम्मत गराउने र चुनावको माध्यमबाट देशलाई पुर्ण लोकतान्त्रिक गणतन्त्रको बाटोमा हिडाउने, जनतालाई समावेशीपुर्ण तरिकाले नया संविधान र शासन सत्ताको प्रत्याभुती गराउने एजेन्डामा हाम्रो पार्टी दृढतापुर्वक अगाडी बढीरहेको छ भने आन्तरिक रूपमा पार्टी संगठन सुदृढीकरणको दिशामा अगाडी बढेको छ ।

नेताले हामी त ठीकै छौ कार्यकर्ताले राम्रो गरेनन् भन्ने कार्यकर्ताले हामी त ठीकै छौ नेता बिग्रीए भन्ने । खासमा बिग्रिएको को हो ?

हामी जहाँ जहा बिग्रिएका छौ स्तर अनुसार हामी सबै बिग्रिएका हौला त्यसलाई हामीले सच्याउन पर्छ । कार्यकर्ता र नेताले एकआपसमा आरोपप्रत्यारोप गर्नु भनेको हामी हाम्रो दृष्टिकोणमा स्पष्ट छैनौं भन्ने अर्थ लाग्छ मलाई लाग्दैन कि हामी त्यो स्तरको अन्तरबिरोधमा छौ । यदि हामीमा समस्या नै गम्भीर प्रकृतीका छन भने त्यसलाई सच्याउने बिधि भनेको जनता हुन । हामी सबै जनतामा जाउँ जनता प्रति उत्तरदायी बनौ, सबै समस्या त्यहा हल हुन्छ ।

जनयुद्धमा उठाएका नारा नेताले छाडे कार्यकर्ताले जनता छाडे भन्ने लाग्दैन ?

तपाईंको आसय अलि बुझिन, जनयुद्धमा उठाएका एजेन्डा सबै पुरा भएका छैनन त्यो सत्य हो तर नारा एजेन्डा छोडेको बिल्कुलै होइन , अहिले नया संविधान निर्माण देखि गणतन्त्र, समाबेशी, समानुपातिक, धर्म निरपेक्षता सबै माओवादीका युद्दकालिन कार्यनैतिक नारा थिए आज ती पूरा हुँदै छन समाजबादी क्रान्ति मार्फत बाकी कार्यभार पूरा गर्छौ ।

केही व्यक्तिगत कुरा गराँै, तपाई दाङमा बस्नु हुन्छ । एटमले नाटक गर्छ महराको छोरालाई काठमाडौमा बसेर टन्न खान पुग्छ । पैसा पनि छ भन्छन नि ?

अरु दुनियाँ नेता र मन्त्रीका छोराछोरी जस्तै म पनि काठमाडौका बाङ्गलामा र बिदेशका स्कुल कलेजहरुमा सयर हुन्थे भने मेरा टिप्पणी नै किन हुन्थे र आज म जनताकै बीचमा छु मान्छेमा हुने कमजोरी म मा पनि छन, टिप्पणी र आलोचनालाई म शिक्षाको रूपमा लिन्छु, समाजमा सुहाउँदो जिबन स्तर मेरो छ त्यो हामीले बनाउनु पनि पर्छ जस्तो लाग्छ, भोको पेट र नाङ्गो हातले राजनिती गर्नु छैन मलाइ तर तपाईंले भने जस्तो ब्यापारी पाराको तन्न पैसाबाल चाहिँ हैन म, एट्मको जीवन कस्तो छ दाङ्कको गैरागाउँ जहाँ म बस्छु आएर सबैले हेर्न सक्नु हुन्छ ।

तपाईँको परिवार हाल को कता के गरिरहेका छन त ?

हाम्रो सिङ्गो परिवार माओवादी आन्दोलनबाट आएको हुनाले अरु पुर्णकालिन कार्यकर्ता झैं ब्यबस्थापनको पाटोमा भौतारीरहेका छौ हामी पनि, दिदी,बहिनी र म दाङमै छौ, दिदिको पसल छ,बहिनी र ज्वाइ सहकारी र सफ्टवेयर कम्पनीमा काम गर्छन म पनि कृषि,सप्लाइ ब्याबसाय र पार्टीको काम गर्छु अहिले एउटा रेमिटान्स कम्पनी खोलेर काम संचालन गर्दै छु । भाइ बुवाको काममा सहयोग गरिरहेको छ ,आफ्नो ब्यबस्थापनको काम र पार्टीकै काममा हामी सब परिवार छौं ।