काठमाडौं- अख्तियार दुरुपयोग अनुन्धान आयोगका निलम्वित प्रमुख लोकमान सिंह कार्कीमाथि गत पुस ७ गते सर्वोच्च अदालतको पेशी कक्षभित्रै कालोमोसो दल्ने विप्लब नेतृत्वको नेकपा (माओवादी) का दुईजना कार्यकर्ता शुक्रबार रिहा भएका छन् ।

kalomoso-biplav-lokman-7कालोमोसो दलेपछि अदालत परिसरबाटै पक्राउ परेका अखिल ९क्रान्तिकारी०मा आबद्ध प्रकाश शाही र चन्द्र बुढालाई प्रशासनले अवहेलना मु्द्दा लगाए एक महिनाको जेल सजाय सुनाएको थियो ।

कारवास सजाय सकाएर शुक्रबार बिहान साढे ९ बजे रिहाई हुने भनेपछि माओवादीका कार्यकर्ताहरु बिहानैदेखि केन्द्रीय कारागार सुन्धारामा भेला भएका थिए । तर सरकारी वकिलको पत्र ढिलो पुगेको र प्रक्रिया पु¥याउन बाँकी रहेको भनेर दुवै जनालाई टेकु लिएपछि माओवादी कार्यकर्ताहरु पनि टेकु पुगेका थिए ।

माओवादीका नेता कार्यकर्ताले उनीहरु रिहाई भएपछि फुलमाला र अभिर लगाएका थिए भने नारा जुलुस गर्दै टेकुदेखि त्रिपुरेश्वरसम्म ¥याली निकालेका थिए ।