दाङ, ७ माघ । प्राविधीक शिक्षाको स्तर उन्नतिका लागि दाङको घोराहीमा आयोजना गरिएको धार्मीक महोत्सव एवं श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ मा आज पाँचौ दिन करिब ३७ लाख दान संकलन भएको छ ।

IMG_0252महायज्ञमा आज पाँचौ दिन नगद करिब १८ लाख र करिब १९ हजार बराबरको जग्गा दान संकलन भएको महायज्ञ आयोजक मूल समितिका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले जानकारी दिए । पद्मोदय पब्लीक नमुना माध्यामिक विद्यालय घोराही ११ भरतपुरको आयोजनामा विद्यालयको शैक्षीक गुणस्तर अभिवृद्धि एवं स्तरिय प्राविधीक शिक्षालय सञ्चालनार्थ “सबै धर्मबीच एकता, हामी सबैले बुझौ प्राविधीक शिक्षाको आवश्यकता” भन्ने मुल नारामा साथ घोराहीमा माघ ३ गतेदेखी सुरु भएको महायज्ञका आज पाँचौ दिन घोराही ११ मधुवन टोल निवासी स्वर्गीय रामप्रसाद शर्माका स्मृतिमा श्रीमति देवा शर्मा, छोरा खेमराज शर्मा (उपेन्द्र) बुहारी रञ्जना शर्माले लालमटिया ६ मा रहेको करिब १० लाख बराबरको जग्गा दान गरेका छन् ।

यस्तै घोराही ११ जानकी टोल निवासी नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति भपबहादुर डाँगी र उनको धर्मपत्नी लक्षुकुमारी डिसीले लक्ष्मीपुर ४ गोग्लीमा रहेको करिब ६ लाख ५० हजार बराबरको जग्गा दान गरेका छन् । डाँगी परिवारले यसअघि नगद ३१ हजार बढि रकम दान गरिसकेका छन् । महायज्ञमा आज घोराही १० ट्राफिक चोक निवासी भिमबहादुर बुढाथोकीले लक्ष्मीपुर ,गाविसको झिङ्नीमा रहेको २ लाख ५० हजार बराबरको जग्गा दान गर्नुभएको महायज्ञ आयोजक मूल समितिका कोषाध्यक्ष निशान्त आचार्यले जानकारी दिए । आज पाँचौ दिन १९ लाख बराबरको जग्गा दान संकलन भएको उनले जानकारी दिए ।

महायज्ञमा आज पाँचौ दिन घोराही ११ का खिमकुमारी श्रेष्ठले नगद ५ लाख ४ हजार १ सय ४५ रुपैया, घोराही ४ भैसाहीका अर्जुन घिमीरे, मिनराज घिमीरे, जिवा घिमीरे र बालिका घिमीरेले ५१ हजार १ सय ११, घोराही ३ का माधवप्रसाद शर्मा घिमीरे, आशा घिमीरेले २१ हजार १ सय ५, घोराही १ रावतगाँउका अमृता डाँगी, सावित्रा डाँगी, मिलन डाँगीले ३१ हजार १ सय ११, सौडियार ६ का लालबहादुर आरसी, निमा आरसीले २१ हजार १ सय ११, त्रिपुर ८ हापुरबाट रमेश अधिकारी सुशीला अधिकारीले २५ हजार ५ सय २५, सौडियार ४ का ताराकुमारी बुढाथोकी र यम विसीले १ लाख ५ सय ५, घोराही ११ बाट छविलाल शर्मा सुवेदी र पुष्पा सुवेदीले २१ हजार ५ सय ५, घोराही ११ का ऋषीराम शर्मा पौडेलले २१ हजार १ सय ५०, घोराही ११ का चन्द्रबहादुर रोका र जानकी रोकाले १ लाख ६ हजार ५५, घोराही २ का टंकबहादुर केसी र गुमा केसीले १ लाख ५ हजार, घोराही ११ का विमलाराज भण्डारीले २१ जार ६ सय ६५, अम्वीकेश्वरी मन्दिर परिवारले ३१ हजार ५ सय ५, सौडियार ४ का यज्ञसिंह वली र गोमा वलीले २१ हजार ५ सय ५, घोराही २ का नारायणप्रसाद पोख्रेल र माया पोख्रेलले ३१ हजार १ सय ५, घोराही ११ का तेजकुमारी शाहले २१ हजार १ सय ५ रुपैया दान गर्नुभएको छ ।

यस्तै आज पाँचौ दिन मुनाल बचत तथा ऋण सहकारी संस्था घोराहीले २३ हजार १ सय, लक्ष्मीपुर ४ का सुनिल देवकोटाले ५१ हजार १ सय ११, नमस्ते वित्तिय संस्था घोरााहीले २१ हजार १ सय २१, लायन्स क्लब घोराही सिटीले २१ हजार १ सय ५, फुलबारी १ का दामोदर सुवेदी र कमला सुवेदीले २१ हजार १ सय २१, घोराही ७ का गणेश रोका, पुष्पा रोका, कमला रोकाले २१ हजार ७ सय, घोराही खानेपानी तथा सरसरफाई संस्थाले २५ हजार ५ सय ५५, घोराही ११ का देवीबहादुर डिसीले २५ हजार ५ सय ५५, घोराही का नारायण योगी र कविता योगीले ५१ हजार १ सय ५५ रुपैया दान गर्नुभएको महायज्ञ आयोजक मूल समितिका सहकोषाध्यक्ष अनुसूया अधिकारीले जानकारी दिए ।