रायणपुर, ७ माघ । त्रिपुर नगरपालिका नारायणपुरले उपभोक्ता समितिका पदाधिकारीहरु तथा अनुगमन समितिका पदाधिकारीको लागि एकदिने अभिमुखिकरण शुकार्यक्रम शुरु गरेको छ । निमित्त कार्याकारी अधिकृत विपना बर्तौला रेग्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले समयमै भएको अभिमुखि कार्यक्रमले योजना कार्यान्वयनमा सहज हुने वताएका छन ।

tripur napaसाथै उनीहरुले योजना समयमा सम्पन्न गर्न आधार तयार भएको उल्लेख गरेका छन । अभिमुमुखिकरण उद्घाटन सत्रमा संघिय थरुहट मंचकी शिला चौधरी,राजमोका चन्द्र वहादुर रावत,माओवादी क्रान्तिकारी पद्म प्रसाद अधिकारी,माओवादी केन्द्रका रमेश वली, एमालेका मतकुमार पौडेल, काग्रेसका रशेम वहादुर वस्नेत लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा १ दखि १३ वडामा सञ्चालन हुने विभिन्न योजनाह्रुका उपभोक्ता समितिका अध्यक्ष कोषाध्यक्ष र अनुगमन समितिका संयोजकहरु ग्रि ५० जनाको सहभागीता रहेको थियो । अभिमुखिकरणको सहजिकरण योजना शाखा प्रमुख मधुसुदन खतिवडा, लेखा शाखा प्रमुख तारा भट्राई र कार्यक्रम अधिकृत विपना वर्तौलाले गरेकी थिइन् । वडा सचिव मधुसुदन बस्नेतको स्वागत गर्दै शुरु भएको कार्यक्रमको सहजिकरण कार्यक्रम संयोजक विवेक खड्काले गरेका थिए ।