काठमाडौ ७ माघ । भविष्यमा हुन सक्ने इन्धन संकटलाई निराकरण गर्न सरकारले इन्धनको भण्डारण क्षमता बढाउने तयारी गरेको छ ।
विभिन्न बन्द हड्ताल, प्राकृतिक प्रकोप, द्वन्द्लगायतका कारण इन्धन आपुर्तिमा समस्या आउन सक्ने सम्भावना रहँदै आएकाले इन्धन भण्डारको क्षमता बढाउन लागेको सरकारले बताएका छ ।
उपभोक्तालाई जस्तोसुकै बेला पनि सहजरुपमा इन्धन उपलव्ध गराउन थप ४ लाख २४ हजार किलोलिटर इन्धन भण्डारण क्षमता बढाउन लागिएको नेपाल आयल निगमले जनाएको छ ।
हाल १७ दिनलाई मात्रै पुग्नेगरी इन्धन भण्डारण गर्न सक्ने क्षमता छ । यसलाई पाँच गुणाले बृद्धि गरी ९० दिनलाई पुग्ने गरी भण्डारण क्षमता बढाउन लागिएको निगमका प्रवक्ता सुरेशप्रसाद श्रेष्ठले जानकारी दिए ।
