दाङ ५ माघ । रामपुर ८ काडाखुटीका खिमबहादुर परियारको उपचारका संङ्कलीत रकम हस्तान्तरण गरिएको छ ।

16128658_10210264596602618_1217359443_nमाघे संक्रान्तिको अबसरमा बाह्रकुनेमा भएको साँस्कृतिक कार्यक्रम सहभागी भएका सर्वसाधारणबाट संकलन गरिएको ५, हजार १० रुपैयाँ घोराही स्थित गौरीशंकर ओभरसिजका म्यानेजिङ डाईरेक्टर यादब सैघालीबाट ३ हजार ५ रुपैया, युवा व्यावसायी महेन्द्र बुढाथोकी ५ सय र पत्रकार महासंघ दाङका सदस्य जनक नेपालीको तर्फबाट ५ सय गरी जम्मा ९ हजार १५ रुपैयाँ पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमले पीडित खिमबहादुरका बुवा तिलक परियारलाई हस्तान्तरण गरिएको थियो ।

खिमबहादुर परियारको उपचारका लागि पत्रकार महासंघ दाङका सदस्य जनक नेपालीले खिमबहादुर बचाऊँ अभियान गरेका छन् । राप्ती उपक्षेत्रिय अस्पताल घोराहीले खिमबहादुरको टाउकोमा पानी जमेका कारण त्यसको अप्रेशन गर्नुपर्ने भन्दै रिफर गरिदिए पछि पैसाको अभावमा अहिलेसम्म उपचार हुन सकेको छैन । तत्काल काठमाण्डौ या लखनउ उपचारका लागि लैजानु पर्ने अबस्था हुदा हुदै पनि पैसा नहुदा अलपत्र अबस्थामा विरामीलाई राखेको खिमबहादुरका वुवा तिलक परियारले वताए ।