बाँके, ५ माघ । प्रहरी इन्सपेक्टर बनाइदिन्छु भन्दै व्यक्तिहरुबाट लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा बाँकेको कोहलपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Thagiकोहलपुर–२ सिक्टा नहर चोक बस्ने करिब २५ वर्षीय विराट आचार्य विभिन्न व्यक्तिहरूलाई प्रहरी र आर्मीमा जागिर लगाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार आचार्यविरुद्ध महानगरीय प्रहरी परिसर हनुमानढोका काठमाडौँमा पनि थुप्रै ठगीका उजुरी परेका छन् । ठगीमा आचार्यको गिरोह नै संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।