तिलक प्रताप चन्द
दाङ, ५ माघ । शान्तिनगर एसएलसी होस्टलमा रङ्गिन मनसाय बोकेर आउनेको रौनक छ । आपm्नै तवरले मस्ती गर्नेको माहोलमा ३ बर्षदेखि आजसम्म मस्तिमा सामुदायिक विधालय बुद्ध माध्यामिक विद्यालय शान्तिपुर दाङ पछि छैन । विधार्थीहरु ५४ जना कक्षा १० मा रहेका छन् । केटाको छुट्टै कोठा छ भने केटीको छुट्टै कोठा रहेका छन् ।
विस २०२४ सालमा स्थापित विद्यालयले २०६७ सालदेखि एसएलसी परीक्षा संञ्चालनमा ल्याएको प्रधानाध्यापक लालबहादुर वलीले बताए । पढ्न पाउँदा मस्ति रहने केटा केटीले राम्रा विचार लिएर अघि बढ्ने अठोट साचेका छन् ।
तर होस्टल विहिन विद्यालयमा घरमा पढ्ने वातावरण नमिल्दा एसएलसी परीक्षामा राम्रो अंक ल्याउने सास्ति हुने देखिन्छ । एसएलसी तयारी कक्षाका लागि होस्टलबाट सबैलाई फाइदा रहेको छ । जसबाट ‘ए’ प्लस ग्रेड नतिजा ल्याउने विद्यार्थी बढ्ने सम्भावना रहन्छ भन्ने आमविद्यालयको बुझाइ छ ।
बद्ध माध्यामिक विद्यालय भन्दा पूर्व दिशातर्फ रहेको वि.पि उमावि शान्तिनगर बयाले दाङमा विद्यार्थीको चाहना रहेपनि आन्तरिक व्यवस्थापन नमिल्दा कोठा समस्या रहेको भन्दै विद्यार्थीले सास्ति पोखे । तर कक्षागत अवलोकन गर्दा बुद्ध माध्यामिक विद्यालयबाट पश्चिमतर्फ बाघमारे गावि समा रहेको जनकल्यान माध्यामिक विद्यालयमा होस्टल सन्दर्भमा कोठा अभावका साथै विद्यार्थीे मनोबैज्ञानिक रुपले जागरुप नभएको पाइयो । “शिक्षकहरु र विद्यार्थीहरु बिच केही सहमति र सल्लाह नभएका कारण होस्टल राख्ने वातावरण नबनेको साथै कोठा अभाव पनि कारण रहेको छ” जनकल्यान माविका प्रधानाध्यापक श्याम राइमाझीले भने ।
३ बर्षसम्म होस्टल सञ्चालन गरेका वि.पि उमावि र जनकल्यान मा.विमा यी दुई सामुदायिक विद्यालयले खासै एसएलसीमा राम्रो नहुने र झन्झटिलो हुने अवस्था देखेर यस बर्षदेखि यो व्यवस्था हटाएको देखिन्छ । तर पवननगर गा.वि.समा रहेको निजि विद्यालयलाई चुनौती दिन तयार छ बुद्ध मावि शान्तिपुर भनेर भने प्रअ लालबहादुर वलीले । यस विद्यालयमा भलिबल ,रनिङ्, कबडि, फुटबल, हुने गरेको छ । जसले गर्दा होस्टेल यहाँ मस्तिको केन्द्र पनि रहन गयो ।
उता पवननगरमा अवस्थित मा.वि ले विना होस्टल विद्यालय चलाएको छ । यस विद्यालयले ए ग्रेडमा ३ जना पास गराएको छ ा जुन एसएलसी नतिजाको लागि दोस्रो सामुदायिक विद्यालयमा गनिएको छ । तर अन्त होस्टल नभएर एसएलसी परिक्षा तयारीमा विद्यार्थीलाई सास्ती रहेको अवस्था देखिन्छ । सामुदायिक विद्यालयमा होस्टलमा केही मस्ति र केही सास्ति रहने अवस्था विद्यमान छ ।
