इन्द्रेणी संवाददाता
दाङ, ४ माघ । दाङको घोराही सिमेन्ट उद्योगको कच्चा पदार्थ उत्खनन् क्षेत्रमा स्थानीयहरुले अवरोध पु¥याएका छन् ।

ind_imgउद्योगबाट खानी क्षेत्र काभ्रे गाविसको तापासम्म पुग्ने सडकमा अत्यधिक धुलो उठने र धुलोबाट आफूहरु अत्यधिक प्रभावित भएको भन्दै स्थानीयहरुले सक्त सडकखण्ड तत्काल ग्राभेल गर्नुपर्ने र एक वर्षभित्र कालोपत्रे गर्नुपर्ने माग गर्दै पुस २६ गते मंगलवारदेखि खानीमा अबरोध गरेका हुन् ।

स्थानीयले उत्खनन् क्षेत्रबाट कच्चा पदार्थ (चुनढुंगा) ल्याउन प्रयोग गरिने टिप्पर सञ्चालनमा रोक लगाएका छन् । सिमेन्ट उद्योगले धुलो र अन्य प्रदूषण नियन्त्रणका लागि विभिन्न सहमति गरेको तर कार्यान्वयन नगरेपछि बाध्यताले टिप्पर सञ्चालनमा रोक लगाउनु परेको घोराही–मुकुटी सडक सरोकार समितिले जनाएको छ ।

विशेष गरी टिप्परको धुलोबाट घोराही नगरपालिका–४ धाइरेखुट्टीदेखि काभ्रे गाविसको लोहारपानी, मुकुटीका स्थानीयहरु विरोधमा उत्रिएका छन् । उनीहरुले आफ्नो माग पुरा नहुँदासम्म सो क्षेत्रमा टिप्पर सञ्चालन गर्न नदिने बताएका छन् ।