शरद रेग्मी
दाङ, २ माघ । दाङको तुलसीपुरमा यही माघ १३ गतेदेखि शुरु हुने ‘मध्यपश्चिम क्षेत्रीय व्यापारिक तथा पर्यटन महोत्सव एवम् औद्योगिक कृषि मेला–२०७३’ को तयारी तीब्र पारिएको छ ।

mmmतुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा सात वर्षपछि फेरि संचालन हुन लागको क्षेत्रीय स्तरको महोत्सवलाई सफल पार्न आयोजक संस्थाले विभिन्न उपसमिति एवं जिल्लामा क्रियाशिल संघ संस्था, राजनितिक दल तथा सुरक्षा निकायसंगको समन्वय र छलफललाई तिव्रता दिन लागेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं मध्यपश्चिम क्षेत्रीय व्यापारिक तथा पर्यटन महोत्सव मूल आयोजक समितिका संयोजक विमल रिजालले जानकारी दिए ।

मेला आयोजनास्थल अरनिको मैदानमा स्टलहरु निर्माण गर्ने काम, वजारका विभिन्न भागहरुमा स्वागतद्धार निर्माण कार्य अगाडी वढेको समेत उनले जानकारी दिए ।

महोत्सवका लागि झण्डै तिन सय वढी स्टल वुकिङ भैसकेको तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव नेत्रलाल वलीले बताए । अव स्टल वुकिङको काम सकिएको भन्दै धेरैजसो स्थानिय उत्पादन र प्रवद्र्धनलाई प्राथमिकतामा राखेको समेत उनले जानकारी दिए । महोत्सव अवधिभर करिब ५ लाख दर्शकले अवलोकन गर्ने, २ लाख टिकट विक्री गर्ने, २० करोड बराबरको कारोबार गर्ने र १ करोड रुपैया बचत गर्ने लक्ष्य राखिएको छ । महोत्सव २३ गतेसम्म चल्नेछ ।