काठमाडौं, २९ पुस । यो वर्षको माध्यमिक शिक्षा परीक्षा आउँदो चैत ३ गते बिहिबारदेखि हुने भएको छ । गएका वर्षहरुमा प्रवेशिका परीक्षा एसएलसी हुने गरेकोमा यसवर्षदेखि माध्यमिक शिक्षा परीक्षा हुने भएको हो । सरकारले शिक्षा ऐनको आठौँ संशोधन गरेपछि १० कक्षामा हुने एसएलसी परीक्षा नहुने भएको हो ।

afafafsअब १२ कक्षाको परीक्षा अन्तिम परीक्षाका रुपमा सञ्चालन हुनेछ । यस्तै राष्ट्रिय परीक्षा बोर्डका प्रदेश कार्यालय सञ्चालनमा नआउँदासम्म कक्षा १० को परीक्षा अहिलेको परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्नेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैत ३ देखि १४ गतेसम्म परीक्षा लिने भएको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

सरकारले गएको वर्षदेखि लेटर ग्रेडिङ प्रणालीअनुसार परीक्षाफल सार्वजनिक गरेको छ । जसअनुसार ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि, इ र एन श्रेणी छुट्याइएको छ । ९० देखि १०० अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए प्लस श्रेणी दिइन्छ ।