नवलपरासी, २९ पुस । पूर्व–पश्चिम राजमार्गस्थित नवलपरासीको चोरमारामा आज बिहान बोलेरो जीप दुर्घटना हसँदा एक जनाको ज्यान गएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको यूपी ३१ टी ८१२८ भारतीय नम्बरको बोलेरो जीप सडक छेउको रुखमा ठोक्किएर दुर्घट्ना भएको थियो । दुर्घटनामा परि भारतीय नागरिकको मृत्यु भएको प्रहरी चौकी तम्सरियाले जनाएको छ ।
भारत उत्तर प्रदेशको नामपार जिल्लाका अन्दाजी ५० वर्षका चिन्नु कुरसीको घटनास्थलमा नै मृत्यु भएको हो । जीपमा सवार भारतको बाँके जिल्ला जयसपुर ४ बस्ने वर्ष २३ को महमद अलि गम्भीर घाइते छन् ।
