तुलसीपुर, २९ पुस । तुलसीपुर रक्षाचौरस्थित आँखा अस्पतालले अत्याधुनिक मेसिन खरिद गरेको छ । अस्पताल दाङले विभिन्न चार किसिमका आँखा उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक मेसिन जडान गरी सेवा सञ्चालन गरेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले बताए ।

eyeewअस्पतालले अत्याधुनिक प्रविधि (फेको) बाट शल्यक्रियासँगै आँखाको अल्ट्रासाउन्ड मेसिन, आँखाको दृष्टि नशाको जाँच, आँखाको प्रेसर जाँच गर्नेका लागि ननकन्टेक टोनोमिटर मेसिन खरिद गरेर सेवा सञ्चालन गरेको अस्पताल जनाएको छ ।

दुई करोड ५७ लाख लागतमा ति मेसिन खरिद गरेको अस्पतालले जानकारी दिएको छ । दाङका राप्ती, लमही र बहादुरगन्ज अस्पतालमा एकै साथ विहीवारदेखि सेवा गरेको वरिष्ठ नेत्रसहायक शालिकराम गौतमले जानकारी दिएका हुन । चार प्रकारका थप मेसिन जडान भएपछि अब बिरामी रेफर गर्नुपर्ने बाध्यता अन्त्य भएको गौतमले दाबी गरे ।