इन्द्रेणी डेस्क
दाङ, २९ पुस । सबैको घर आँगनमा तरुल पर्व (माघी) भित्रिसकेको छ । सबै जातजातिका समुदाय आ–आफ्नै परम्परा अनुसार यो पर्वलाई मनाउने तरखरमा छन् । विशेष गरी यो पर्वलाई थारु समुदायले ठूलो र नयाँ पर्वको रुपमा मनाउने गरेको पाइन्छ ।
फोटो : उदय बीसी
अन्य समुदायभन्दा अहिले थारु समुदायमा माघीको चटारो वढेको छ । माघीमा खानका लागि ढिकरी, सेल, तरुललगायतका परिकारहरु बनाउने यो समुदायमा भ्याइ नभ्याइ छ । माघे सक्रन्तिको अघिल्लो दिन अर्थात आज यो समुदायमा घर घरमा सुगुर काट्ने चलन छ, जसलाई ‘जिता मरना’ दिनको रुपमा लिइन्छ ।
भोलि अर्थात माघे सक्रान्तिका दिन माछा मासु , रोटी, ढिकरी, खरिया लगायतका परिकार बनाएर जाड–रक्सीको साथ खानपिन गरिन्छ । रातभर नाचगान गरेर रमाइलो पनि गर्ने प्रचलन छ । माघीमा नाचिने विशेष गरी मघौटा नाच लोकप्रिय छ । माघे सक्रन्तिका दिन बिहान सबै जना नजिकैको खोलामा नुहाउन जाने चलन छ । यसलाई ‘माघ लहान’ भन्ने गरिन्छ ।
खोलामा नुहारुसकेपछि तिलको आगो बाली सबै एक ठाउँमा बासेर तप्ने चलन छ । त्यस पछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ । माघको दोस्रो दिन खिचडी बनाइ खाने चलन छ । यो दिनलाई ‘खिचडी’ भन्ने चलन छ ।
माघीमा आफ्नो चेलीबेटीहरुलाई उपहार दिने चलन पनि यो समुदायमा छ । यसलाई थारु भाषामा ‘निसराउ’ भनिन्छ । माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउ स्वरुप चेलीबेटीहरुलाई उपहार दिने चलन छ ।
त्यसैगरी माघी मनाउन माइती आएका छोरीचेलीहरु घर फकिर्नेबेला निसराउ लिएर जाने चलन पनि छ । विशेष गरी तपाइँका जिल्ला जहाँ थारु समुदायको वाहुल्यता भएको जिल्लाहरुमा यो पर्व पाँच दिन मनाउने भनिएपनि अलि लामो समयसम्म जाने गरेको पान्छ । विशेष गरी तपाइँका दाङ, बाँके, वर्दिया, कैलाली र कञ्चनपुर जिल्ला जहाँ थारु समुदायको वाहुल्यता भएको जिल्लाहरुमा यो पर्व पाँच दिन मनाउने भनिएपनि अलि लामो समयसम्म जाने गरेको पान्छ ।
पहिले पहिले यो पर्वलाई थारु समुदायले जमिनदार (मालिक) हरुसँग आफ्ना चेलिवेटी काम गर्न जानका लागि नयाँ सम्झौता गर्ने दिनका रुपमा लिइए पनि थारु समुदायमा वढ्दै गएको सशक्तिकरण र सरकारबाटै कम्परी मुक्त, हलिया मुक्तको घोषणा भएपछि यो काम गर्ने चलन हटेको छ ।
