सुवास डिसी
तुलसीपुर, २८ पुस । तुलसीपुर नगरपालिका वडा नं. ६ निवासी सिमा वस्नेत लहरेले आफ्नो जन्म दिनको उपलक्ष्यमा क्यान्सर पिडित दुर्गी विकको उपचारका लागी आर्थिक सहयोग गरेकी छन ।

hhlp२२ वर्ष पुरा गरि २३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सिमाले तुलसीपुर १८ की क्यान्सर पिडित विकको उपचारका लागीे १० हजार १ सय ११ रुपैयां आर्थिक सहयोग गरेकी हुन। तुलसीपुरमा आयोजित एक कार्यक्रममा सिमा र उनका श्रीमान अरुण लहरेले संयुक्त रुपमा उक्त रकम पिडित विककी छोरी विमला विकलाई हस्तान्त्रण गरेका थिए ।

क्यान्सर पिडित विकको हाल भारतको लखनउमा उपचार भईरहेको छ । आर्थिक अभावले छट्पटिएकी क्यान्सर पिडितलाई सहयोग गर्न पाएकोमा खुषी व्यक्त गर्दै सिमाले आगामी दिनहरुमा पनि सामाजिक तथा रचनात्मक कार्यमा आफ्नो सहयोग रहने वताएकी थिइन ।