इन्द्रेणी संवाददाता
दाङ, २८ पुस । सभामु्ख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि दलिय सहमति आवश्यक रहेको बताएकी छिन् । आज दाङको सौडियार–९ सिसहनियामा थारु पत्रकार संघ दाङ छौठौं वार्षिक समारोह एवं माघी मिलन कार्यक्रममा उनले दलिय सहमति विना संविधानको सफल कार्यान्वयन असम्भव रहेका बताइन् ।

DSCN1027

तस्वीर  : उदय बीसी

अहिलेको समय संविधान कार्यान्वयको समय भएको भन्दै सभामुख घर्तीले यो कार्यमा दलिय सहमति जुट्ने अपेक्षा व्यक्त गरिन् । ‘अहिलेको समय भनेको संविधान कार्यान्वयनको समय हो, त्यसमा पनि थारु, जनजातिहरुको मागलाई समेटेर लैजाने कुरा हो’, उनले भनिन्, ‘जहाँसम्म लाग्छ, थारु समुदायको माग पनि समेटिन्छन् ।’

DSCN1029कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी घर्तीले थारु जाति जातिय वगैचामा सुन्दर फूल भएको समेत बताइन् । उनले माघीको अवसरमा थारु समुदायलाई शुभकामना दिएकी थिइन् ।

DSCN1034थारु पत्रकार संघको अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमले थारु समुदाय यहाँको एतिहासिक जाति भएको उल्लेख गर्दै माघी पर्वको शुभकामना दिए । पूर्व सभासद शान्ता चैधरीले पनि घर आँगनमै आएको माघी पर्वको शुभकामना दिइन् ।

संघको वार्षिकोत्सवको अवसरमा थारु पत्रकार प्रकाश चौधरी, नविन चौधरी र जीतबहादुर चौधरीलाई सम्मान गरिएको थियो । सो अवसरमा थारु संस्कृति झल्कने नाच प्रस्तुत गरिएको थियो ।