संसारमा कस्ता कस्ता घटना हुन्छन् । कतै मान्छेले ती घटना बनाउछन् भने कतै प्रकृतिले नै । यस्तै भएको छ भारतको एक परिवारमा भारतमा एउटा यस्तो बच्चाको जन्म भएको छ, जुन बच्चामा महिला र पुरुष दुवै जनन्द्रीय अंग छ ।
ती बच्चाको खुट्टा पनि चार चार वटा छन् । गुजरातस्थित एक सरकारी अस्पतालमा प्राकृतिक तवरबाट जन्म भएको सो बच्चा सकुशल छ । चिकित्सकहरुका अनुसार, परजीवी जुम्ल्याहा एउटा दुर्लभ घटना हो जुन गर्भाधानको दौरानमा भ्रुण आपसमा छुटिन ढिला हुँदा यस्तो हुन जान्छ ।
गुजरातका ३५ वर्षीय प्रताप मोरी र उनकी ३५ वर्षीया श्रीमती सुलेखाको कोखबाट यस्तो बच्चा जन्मिएको हो । उनीहरुको यो छैठौं बच्चा हो । यसअघिका पाँच ओटै बच्चा सामान्य छन् ।
अनौठो बच्चा जन्मेपछि बाबु आमा दुबै चिन्तित छन् । बच्चा जन्माउन सघाउने अस्पतालका डाक्टरहरुले यो परजिवी जुम्ल्याहा बच्चाको घटना भएको उल्लेख गर्दै बच्चाको अतिरिक्त दुईवटा खुट्टा अपरेसनमार्फत हटाउन सकिने र योनांग पनि पुनर्निर्माण गर्न सकिने बताएका छन् । तर दैनिक ज्यालादारीमा काम गर्ने बाबुआमाबाट यस्तो उपचारका लागि गरिने खर्च सम्भव छैन ।