अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफु हुर्किएको शिकागो शहरमा विदाइ भाषण गर्दा गर्दै निकै भावुक बने । भाषण गर्दै गर्दै उनको गला अवरुद्ध भयो उनले आफनो आँशुलाई रोक्न सकेनन् ।

obama-emotionalउनी आफुमात्रै भावुक बनेनन् कार्यक्रममा उपस्थित आफ्नी श्रीमती, छोरी लगायत उपस्थित दर्शक सवैलाई उत्तिकै भावुक बनाए ।
राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा ओबामाले श्रीमती मिशेल ओबामालाई पछिल्लो २५ सालदेखि केवल आफ्नो पत्नी र बच्चाहरुको आमामात्र नभएर आफ्नो एक सबैभन्दा राम्रो साथी भएको बताएका थिए ।

मंगलबार राति ओबामाले मिशेललाई भने, “तिमीले आफ्नो भूमिका स्वयं लियौ । यसका लागि कसैलाई सोधेनौ । तिमीले यो जिम्मेवारी पूर्ण धैर्यपूर्वक, राम्रो शैली र सुखद रूपमा निभायौ ।” ओबामाले अगाडि भने, “तिमीले ह्वाइट हाउसलाई यस्तो बनायौ, जसका कारण यहाँ धेरैको पहुँच पुग्न सम्भव भयो । नयाँ पिँढीका लागि तिमी रोल मोडल बन्न सफल भयौ । मलाई तिमीप्रति गर्व छ । तिमीले देशलाई पनि गौरवान्वित बनायौ ।”

आफ्ना छोरीहरु मालिया र साशालाई ओबामाले भने, “विशिष्ट परिस्थितिमा पनि तिमीहरुले जस्तो प्रकारको व्यवहार देखायौ, त्यो सराहनीय छ । किनभने यो क्रममा तिमीहरू दुवैले सहज र सरल बनेर वैचारिक परिपक्वताको परिचय दियौ । तिमीहरू दुवैले वर्षौंसम्म धेरैको चासोको विषय बनेर पनि त्यसलाई सरल रूपमा लियौ । त्यसैले मलाई तिमीहरुको पिता भन्न पाउँदा गर्व लागेको छ ।”

ओबामाले सो कुरा बताइरहँदा १८ वर्षीय मलिया उनकी आमा मिशेलको छेउमा बसेर आँशु पुछ्दै गरेको देखिन्थिन् । १८ हजार दर्शकसामु आफ्नो बिदाइ सम्बोधन गर्दै ओबामाले आठ बर्षअघि आफु राष्ट्रपतिमा निर्वाचित भएपछि आफुले व्यक्त गरेका प्रतिवद्धतालाई पुरा गर्न सहयोग गरेकोमा आफ्ना सम्पूर्ण समर्थक र शुभचिन्तकहरुलाई धन्यबाद दिए ।उनकोे सम्बोधनका क्रममा हज्जारौ दर्शकले निकै लामो ताली बजाएर उनको प्रशंसा गरिरहेका थिए । ओबामा यही जनवरी २० बाट राष्ट्रपति पदबाट बिदा हुँदैछन् ।