घोराही २७ पुस । माघीको समयमा दर्षणका लागि घोराही स्थित बाह्रकुने दह जानका लागि राप्ती अञ्चल वस व्यवसायी समितिले भाडा निर्धारण गरेको छ । माघ १ गते दहमा लाग्ने मेला तथा पूजाका लागि जान र आउन दुई छुट्टा छुट्टै रुट निर्धारण गरिएको समितिको घोराही शाखाले जानकारी दिएको हो ।
घोराहीकोे जुन स्थानबाट गाडी चढेपनि जाँदा नेपाली सेनाको व्यारेक पछाडी हुदै दह निस्कने र त्यसका लागि ३० रुपैयाँ र फर्किदा पक्की रोड भएर आउने हुँदा २५ रुपैयाँ प्रति व्यक्ति भाडा निर्धारण गरिएको घोराही शाखा कार्यालय घोराहीका प्रमुख मानकुमार रानाले जानकारी दिएका हुन ।
त्यसैगरी दह परिषरमा प्रबेशका लागि ठूला बसलाई ५० रुपैयाँ, साना गाडीलाई २५, मोटरसाईकललाई १० र रातो प्लेटका गाडिलाई २५ रुपैयाँ निर्धारण गरिएको उनले जानकारी दिए ।
